Saturday, September 14
Shadow

Tag: youtube

सिक्रीका कारण निर्ममतापूर्वक आचार्यको हत्या !

सिक्रीका कारण निर्ममतापूर्वक आचार्यको हत्या !

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । गत बैसाख ७ गते सरस्वतीनगर स्थित व्यवसायी निरा पाण्डे आचार्यको निर्ममता पूर्वक हत्या भयो । मृतकको प्रारम्भिक रिपोर्टका आधारमा शरीरभर १७/१८ स्थानमा छुरी घोपेको देखिएपछि प्रहरी झस्किएको थियो । यो लुटपाटको उद्देश्यले मात्र नभई ठूलो रिसाइबीले हत्या हुन सक्ने प्रहरीको अनुमान थियो । तर आज प्रहरीले पत्रकार सम्मेलन गर्दै चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका आचार्यको हत्या रिसाइबीको कारण नभई लुटपाटकै उद्देश्यले भएको बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुनको सिक्री लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए ।हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट अभियुक्त विनोद विकलाई शनिबार पक्राउ गरेको थियो । अभियुक्तले गलाको सिक्रीका साथै काउन्टरमा भएको ११/१२ हजार रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । प्रहरीले अभियु...
कछुवा…

कछुवा…

ताजा-अपडेट, मुख्य समाचार, विचार
प्रेम यादव, कछुवा जल र स्थल दुईटै ठाँउमा बस्न सक्ने एउटा उभयचर जीव हो। प्रकृतिको सर्वाधिक पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी पनि मानिन्छ। बितेका २० करोड वर्षमा जलवायु परिवर्तन का वाबजुद अहिलेसम्म पनि आफूलाई सुरक्षित राख्दै आएको छ । उभयचर प्राणीमा पर्ने कछुवा निकै लामो समय सम्म बाँच्ने प्राणी हो। सम्भवतः प्रकृतिमा मानिसको भन्दा दोब्बर आयु अर्थात् डेढ सय वर्षसम्म बाँच्न सक्ने प्राणी कछुवा बाहेक अर्को छैन र झण्डै २० करोड वर्षदेखि प्रकृतिको अनगिन्ती आरोह अवरोहलाई झेल्दै आफूलाई सुरक्षित राख्न सफल प्राणीमा पनि कछुवा नै पर्दछन्। कछुवाको प्रकार तथा पाइने स्थान कैयौँ देश र द्वीपमा कछुवा पाइन्छ। ती मध्ये कतिपयमा विशेष किसिमको रङ्ग, खुवी, विशेषता र गन्ध हुने गरेको पनि पाइएको छ। अमेरिकामा एउटा यस्तो किसिमको कछुवा पाइन्छ जसलाई दुर्गन्धको भाँडो नै भनिन्छ। उनीहरू अलिकत...