पाेखरा विमान दुर्घट्ना बारे खुल्याे रहस्य, मानविय त्रुटि भएकाे आशंका
माघ १ कालाेदिन । खुशीकाे दिनमा मुटु चिर हुने एउटा घटना जसले इतिहासमै नाम दर्ज गरायाे । पाेखराका लागि काठमाडौँबाट छुटेका , निर्धक्क एयरलाइन्स माथि भराेस राख्दै विमानमा सफर गरेका ती यात्रहरु । माघ १ गते भएको भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक रिपोर्ट आएको छ ।
‘प्रोपेलर फेदर’लाई दुर्घटनाको मुख्य कारण मानिएको छ । यस विषयमा लोकान्तरले यती एयरलाइन्स दुर्घटना जाँच आयोग २०७९ का सदस्य एरोनिटिकल इन्जिनीयर डा.दीपकप्रसाद बास्तोलासँग गरेको संक्षिप्त कुराकानी पढ्नुहोस्। ‘प्रोपेलर फेदर’ भनेको टर्फलेस कन्डिसन हो । यसले गर्दा दुईवटै इन्जिन आइडलमा चल्ने कन्डिसन हो । जस्तो गाडी गियरमा नभई इन्जिन चल्छ नि त्यस्तै अवस्था हो ।इन्जिन चल्दा पछाडिपट्टि हावा फाल्नुपर्ने हो तर यस्तो नभएको अवस्था हो । यस्तो हुँदा दुईवटै इन्जिनमा पावर आएन । उहाँहरू फाइनल लेग (अनुमानित भद्रकाली मन्दिरमाथि) पुग...