
विमानस्थलबाट ९ केजी सुनसहित एक क्यानडेली नागरिक पक्राउ
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेका छन्।दुबईबाट फ्लाइ दुबई एफजेड-५७३ (FZ-573) मा काठमाडौं आएका पासपोर्ट नम्बर एएम २६६५४८ का क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो।विमानस्थल सुरक्षा प्रहरी प्रवक्ता लालमणि आचार्यका अनुसार उनको साथबाट ९ केजी १३५ ग्राम अवैध सुन भेटिएको छ। आठ वटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन कम्मरमा फल्स बटन बनाएर बोकेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थिए। पक्राउ परेका महमदलाई केएमसी अस्पताल सिनामंगलमा मेडिकल जाँच गरी थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।
...