Sunday, June 23
Shadow

Tag: traffic

बबरमहलमा धुँवा फाल्ने १५ सवारी साधन माथी कारबाही

बबरमहलमा धुँवा फाल्ने १५ सवारी साधन माथी कारबाही

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौँ । मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् । काठमाडौँको बबरमहलमा बुधवार गरिएको प्रदुषण चेकिङका क्रममा उनीहरु कारबाहीमा परेका हुन् । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस ७ वटा, माइक्रोबस ५, पिकअप भ्यान २ र ट्रक १ गरी १५ वटा सवारी साधनका चालकहरू कारबाहीमा परेका हुन् ।वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ वटा सवारी साधन फेला परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।कारबाहीमा परेकाहरुलाई सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरेसँगै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने उनको भनाइ छ। ...
ट्राफिक प्रहरीले नागरिक एपकाे लाईसेन्सलाई किन मान्यता दिदैन् ? यस्तो छ कारण….

ट्राफिक प्रहरीले नागरिक एपकाे लाईसेन्सलाई किन मान्यता दिदैन् ? यस्तो छ कारण….

ताजा-अपडेट, सूचना / प्रविधि
नागरिक एपमा सवारी सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता किताब (ब्लुबुक) लिंक गर्ने सूविधा छ।तर नागरिक एपमा भएको लाइसेन्स र ब्लुबुकलाई ट्राफिक प्रहरीले मान्यता दिने गरेका छैन। एपमा उपलब्ध लाइसेन्स र ब्लुबुकको आधारमा सवारी चालक वा धनीलाई कारबाही गर्न सकिने कानुनी व्यवस्था नभएकाले यसलाई मान्यता नदिएको ट्राफिक प्रहरीको भनाइ छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३१ बमोजिम यातायात निरीक्षक वा प्रहरीले जाँचबुझको सिलसिलामा कुनै सवारी चालकको सवारी चालक अनुमति पत्र , सवारी दर्ता किताब र सवारी इजाजत पत्र हेर्न खोजेमा देखाउनु पर्ने व्यवस्था छ।सोही ऐनको दफा १६४ को १(न) मा सवारी चालक अनुमति पत्र साथमा नराखी सवारी चलाएमा कसुर मानिने व्यवस्था रहेको र सोही ऐनको दफा ६० अनुसार ५ पटक भन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकको सवारी चा...