बिद्यार्थीहरुद्वारा सिम्रौनगढ नगरपालिकाको कार्यालय तोडफोड
बारा- शैक्षिक भ्रमणका लागि रकम उपलब्ध नगराएको भन्दै विद्यार्थीहरुले बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । कचोर्वा, कंकाली, खजानी माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीले कार्यालयमा तोडफोड गरेका हुन् । कार्यालयमा तोडफोड र प्रहरीमाथि ढुङ्गामुढा गर्दा प्रहरी निरीक्षक देवराज काफ्लेसहित सात सुरक्षाकर्मी घाइते भएका छन् भने केही विद्यार्थी समेत घाइते भएका छन् ।कार्यालयको गाडी, टिभी, एसी, सोफा झ्याल, ढोका, कम्प्युटर, फर्निचर, अरू विद्युतीय उपकरण लगायतमा तोडफोड गरिएको नगरप्रमुख किशोरी साह कलवारले जानकारी दिए ।
तस्बिर स्रोत: कृष कुर्मी
भ्रमण खर्च माग्न विद्यार्थीहरु आएकोमा डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र केही दिनपछि बजेट उपलब्ध गराईदिने भन्दा पनि सो समूहले कार्यालयमा अन्धाधुन्द तोडफोड गरेको नगरप्रमुख कलवारले बताए ।नगर प्रमुख कलवारले विद्यार्थीलाई क...