Wednesday, October 9
Shadow

Tag: Teej

आज हरितालिका तीज मनाइँदै, शिव मन्दिरमा भक्तजनहरूको घुइँचो

आज हरितालिका तीज मनाइँदै, शिव मन्दिरमा भक्तजनहरूको घुइँचो

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१४ भदाै, राैतहट । आज हरितालिका तिज मनाइँदैछ । हिन्दू नेपाली महिलाले महादेवको पूजाआराधना गरी तिज मनाउने परम्परा छ । आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । राैतहटकाे प्रशिद्ध शिवनगरमा पनि याे दिन श्रद्धालुहरुकाे भिड हुने गरेको छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । अघिल्लो दिन राति दर खाएर आज तिजको दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने चलन छ । आज नाचगान गर्ने पनि चलन छ । आज काठमाडौंको पशुपतिनाथ, खोटाङको हलेसी महादेवलगायत देशभरका शिव मन्दिरहरूमा व्रतालुहरूको भीड लाग्ने गर्दछ ।दर खाएपछि औपचारिक रुपमा सुरु भएको तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयामा हरितालिका व्रत, चौथीमा गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसह...