सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै
किरण धामी१ भदाै, डोटी । आज भदौ १ गते डोटी सहित सुदूरपश्चिम भरि ओल्के सङ्क्रान्ति मनाइँदै छ । “बिसुँ खानु मरुँलो भनी, ओल्के खानु बाँचुलो भनी” भन्ने कथनका साथ मनाइने ओल्के पर्व अजा हर्षोल्लासका साथ मनाइँदै छ । आजको दिनलाई बर्खा यामको प्रकोप र महामारीबाट बचेर नयाँ जीवनको प्राप्ति भएको खुसीयालीमा ओल्के पर्व मनाइँदै आएको जनविश्वास रहेको छ ।डोटेली भाषामा ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आज बिहानै नुहाई धुवाई गरी विभिन्न परिकार बनाएर सागपात, फलफूल, अन्न, दूध, दही, घिउ, गुड र पकवान आदि मान्यजन र आफन्तकहाँ लगेर भेटघाट गर्न जाने चलन छ । विभिन्न मन्दिरमा नयाँ अन्नबाली ओल्केका रूपमा देवतालाई समेत चढाउने गरिन्छ ।ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूख बिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ । यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ । यसरी बनाइएको थुप्रोला...