
कार्यालय प्रशासन प्राविधिककाे भर, कर्मचारी कामप्रति सुस्त
पाल्पा - जिल्लाको केही स्थानीय तहहरूले प्राविधिक कर्मचारीलाई प्रशासनिक काममा लगाएका छन् । पशु प्राविधिक, स्वास्थ्य क्षेत्रका प्राविधिक कर्मचारी तथा कृषि प्राविधिकलाई प्रशासनिक काममा लगाएको बताएकाे छ । पाल्पाका कतिपय स्थानीय तहमा प्रशासन क्षेत्रमा कर्मचारी अभाव भएपछि प्राविधिक कर्मचारीलाई दैनिक प्रशासनिक काममा लगाउन बाध्य पारिएको छ । कतिपयले भने प्राविधिक कर्मचारीलाई प्रशासन क्षेत्रको जिम्मेवारी नै तोकेर काममा लगाउने गरेका छन् ।जिल्लाको माथागढी, निस्दी, बगनासकाली, पूर्वखोला गाउँपालिकामा प्राविधिक कर्मचारीलाई वडा कार्यालयको पञ्जीकरण तथा दैनिक कामकाजमा खटाइएको छ । स्वास्थ्य क्षेत्रको काम गर्न जिम्मेवारी पाएका अनमी र अहेबले वडा कार्यालयमा घटना दर्ता तथा चिठ्ठीपत्र प्रमाणितको काम गर्दै आएका छन् ।कतिपय स्थानीय तहले भने पशु तथा कृषि प्राविधिकलाई समेत दर्ता चलानी तथा पालिकाको अन्य काममा लगाउने गर...