Wednesday, January 15
Shadow

Tag: skr

शाहरूख जब स्टार थिएनन, उनको फ्लाटमा चट्टाइमा घन्टौं गफिन्थ्याैंः मनिषा काेइराला

शाहरूख जब स्टार थिएनन, उनको फ्लाटमा चट्टाइमा घन्टौं गफिन्थ्याैंः मनिषा काेइराला

अन्य, ताजा-अपडेट
मुम्बइ, २८ पुस । मनिषा कोइरालाले ९० को दशकमा फिल्मी पर्दामा हलचल मच्चाएकी थिइन्, उनको आकर्षण आज पनि उत्तिकै कायमै छ । हालैको एक अन्तर्वार्तामा मनिषा कोइरालाले शाहरुख खान र आफ्नो सुरुवाती दिनको बारेमा खुलेर कुरा गरेकी छिन् । मनिषाले भनिन्, ‘जब शाहरुख स्टार बनेका थिएनन् र माउन्ट मेरी अपार्टमेन्टमा बस्थे, त्यो बेला कस्तो वातावरण थियो त ?’ उनले सो कुरा बताएकी छिन् ।मनिषा कोइरालाले सन् १९९८ मा शाहरुखसँग फिल्म ‘दिल से’ मा काम गरेकी थिइन् । शाहरुखसँगको आफ्नो सम्बन्धबारे ‘पिंकभिल्ला’सँग कुरा गर्दै मनिषाले दुवै जना फिल्ममा नयाँ हुँदाको बखतमा आफूले उनीसँग पहिलोपटक भेट भएको बताइन् । मनिषाका अनुसार उनी शाहरुख र गौरीसँग मात्रै ह्याङ्ग आउट गर्थिन्, शाहरुख त्यतिबेला माउन्ट मेरी अपार्टमेन्टमा बस्न गर्दथे।मनिषा कोइरालाले भनिन्, ‘शाहरुख मेरो फिल्म करिअरको सुरूवाती देखिको साथी हुन् । मेरो सबै सामान लिएर उनक...