Tuesday, June 18
Shadow

Tag: Sirha

४ लाख भन्दाबढी नक्कली नोटसहित २ जना पक्राउ

४ लाख भन्दाबढी नक्कली नोटसहित २ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सिरहा - सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । सिरहाको लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको रोडबाट शनिवार साँझ उनीहरुलाई नियन्त्रणमा लिइएको हो।नक्कली नोटसहित नियन्त्रणमा लिइएकाहरुमा सिरहाको लाहान नगरपालिका वडा नम्बर १९ स्थायी घर भएका ३० वर्षीय मोहम्मद ओसिन र सोही नगरपालिका वडा नम्बर १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख रहेका छन्।विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरुको साथबाट ४३५ थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार ५५ रुपैयाँ समेत बरामद भएको छ। उनीहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ। ...
९० किलाे गाँजा सहित एम्बुलेन्स प्रहरीकाे नियन्त्रणमा

९० किलाे गाँजा सहित एम्बुलेन्स प्रहरीकाे नियन्त्रणमा

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,३१ श्रावन, सिरहा – लाहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा सहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ ।गोप्य सूचनाको आधारमा प्रहरीले को १ च ७५७७ नम्बरकाे एम्बुलेन्स लाई खानतलासी गर्दा प्रतिबन्धित लागू औषध ९० किलो गाजा बरामद भएको प्रहरीले जनाएको हो । प्रहरीले अहिले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरि कार्यालय लाहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको हो । चालक र एम्बुलेन्स गाजा सहित ईलाका प्रहरी कार्यलय लाहान मा रखेको ईलाका प्रहरि कार्यालय लाहानका डिएसपी कुमार मैनालीले बताएका छन । पुर्व पछिम लोकमार्गमा पछिमबाट पुर्व जाँदै गरेको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको अगाडि बाट पक्राउ गरेको ईलाका प्रहरी कार्यलय लाहानका डिएसपी कुमार मैनालीले बताएका छन । ...