
राैतहटका वरिष्ठ पत्रकार शिवपुरी प्रबल जनसेवा श्रीबाट बिभूषित
राैतहट । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कान्तिपुरकर्मी शिव पुरी सुप्रबल जनसेवा श्री (पञ्चम श्रेणी) पदकद्वारा आज राष्ट्रपतिबाट विभूषित भएका छन् । उनी रौतहट जिल्लामा रहेर पत्रकारिताको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका छन् ।नेपाल राष्ट्रको गौरव एबम् नेपाली जनताको हित अभिवृद्धिमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको उच्च कदर गर्दै पत्रकार पुरी सुप्रबल जनसेवा श्री (पञ्चम श्रेणी) पदकद्वारा विभूषित भएका हुन् । संविधान दिवसको अवसरमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार पूरी सहित ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्न सिफारिस भए अनुसार २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिबाट उक्त घोषणा भएको थियो ।सोही अनुसार आज २०८० को बैशाख एक गते का दिन सुप्रबल जनसेवा श्री (पञ्चम श्रेणी) पदकद्वारा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट विभूषित दिईए...