Sunday, June 23
Shadow

Tag: see exams

एसईई परीक्षा आजबाट शुरु

एसईई परीक्षा आजबाट शुरु

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - आजदेखि २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु हुनेछ ।परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षाका लागि ५ लाख १६ हजार ५ सय ९१ जनाले आवेदन फारम भरेका थिए ।एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।यसवर्षको एसईईमा दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्रा सहभागी हुँदैछन् ।राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगार...
एसईई ग्रेडवृद्धिको परिक्षा भदौ ११ र १२ गते हुने

एसईई ग्रेडवृद्धिको परिक्षा भदौ ११ र १२ गते हुने

banner-news, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क, १५ श्रावन, रौतहट । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तय गरेको हो । बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवेदन दिनुपर्ने छ । ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा पुरक परीक्षा दिन पाउनेछन्। परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन्। पहिलो दिन अनिवार्य अंग्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनेहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो क...