Tuesday, January 21
Shadow

Tag: see 2079

एसईई दिएका नक्कली परीक्षार्थीहरु धराैटीमा रिहा

एसईई दिएका नक्कली परीक्षार्थीहरु धराैटीमा रिहा

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
विराटनगर । अर्काको नाममा एसईई परीक्षा दिएको आरोपमा पक्राउ परेका सबै परीक्षार्थी छुटेका छन् ।जिल्ला अदालत मोरङले १८ वर्ष उमेर पुगेका परीक्षार्थीलाई धरौटी र नाबालक परीक्षार्थीलाई अभिभावकको जिम्मा लगाउने आदेश दिएको हो ।जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इलजासले थुनछेक बहसपछि १८ वर्ष उमेर पुगेका १६० जना परीक्षार्थीलाई जनही ४० हजार रूपैयाँ धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको हो ।आदेशपछि १६० जना परीक्षार्थी धरौटी बुझाएर छुटेका छन् । ३४ जना नाबालक परीक्षार्थीलाई भने अभिभावकको जिम्मा लगाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।नक्कली परीक्षार्थी परिचालन गर्ने इन्स्टिच्युटका सञ्चालक धरानका सन्तोष राईलाई भने अदालतले दुई वटा मुद्दामा एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।अर्काको नाममा परीक्षा दिएको आरोपमा मोरङका तीन वटा परीक्षा केन्द्रबाट गत चैत २२ र २३ ग...
मेयरकाे साटाे ज्वाई एसईईकाे परीक्षा दिदै गरेको अवस्थामा पक्राउ

मेयरकाे साटाे ज्वाई एसईईकाे परीक्षा दिदै गरेको अवस्थामा पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
राैतहट - स्थानीय सरकार अशिक्षित व्यक्तिहरुले चलाइरहेकाे खबरकै बीचमा एउटा नगरपालिकाले आफ्नाे साटाे अरुलाई दिन लगाएकाे खबर पनि समाजिक सञ्जालमा छ्यापछ्यापै छन् । जिल्ला परिक्षा अनुगमन समितिले आईतवार स्थानीय सरकार प्रमुखको सट्टामा नक्कली व्यक्ति राखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को जाँच दिईरहेको अवस्थामा पक्राउ गरेको छ ।रौतहटको देवाही गोनाही नगरपालिकाका स्थानीय सरकार प्रमुख प्रेमलाल साह कानुले आफ्नो सट्टामा नक्कली व्यक्ति राखेर एसइइ परिक्षा दिदै गराएको अवस्थामा मौलापुर नगरपालिकाको लक्ष्मिनिया मावी परिक्षा केन्द्रबाट पक्राउ गरिएको हो ।नेकपा एमालेबाट देवाही गोनाही नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका साह कानुको सट्टामा एसइए परिक्षा दिदै गरेका गरुडा ६ पोठियाहीका कमल साहलाइ पक्राउ गरिएका छन् । मौलापुर नगरपालिकाको लक्ष्मीनिया माविमा संचालन भइरहेको एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२...
एसईई ग्रेडवृद्धिको परिक्षा भदौ ११ र १२ गते हुने

एसईई ग्रेडवृद्धिको परिक्षा भदौ ११ र १२ गते हुने

banner-news, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क, १५ श्रावन, रौतहट । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तय गरेको हो । बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवेदन दिनुपर्ने छ । ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा पुरक परीक्षा दिन पाउनेछन्। परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन्। पहिलो दिन अनिवार्य अंग्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनेहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो क...