
सलाहीमा १ करोड ४ लाख बराबरको सामानसहित ट्रक नियन्त्रणमा
२६ पुस, सलाही – जिल्ला प्रहरी कार्यालय सलाहीले आज बिहान ६:०० बजे एक ट्रकबाट करिब १ करोड ४ लाख रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएको छ। इजाजतपत्रबिना भन्सार छल्ने प्रयास भइरहेको भन्ने सूचनाका आधारमा बागमती गाउँपालिका–१२, विस्रामपुरको चेकपोस्टमा उक्त ट्रक (ना ४ ख ९००१) नियन्त्रणमा लिइएको हो।ट्रकभित्र विभिन्न कपडा, जुत्ता, चप्पल, डाइपर प्यान्टजस्ता सामानहरू अवैध रूपमा राखिएको पाइएको छ। उक्त सामानहरूको अनुमानित मूल्य १,०४,८२,०१२ रुपैयाँ रहेको प्रहरी कार्यालयले जनाएको छ।अवैध सामानसहित ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको छ।जिल्ला प्रहरी कार्यालय सलाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) दीपक श्रेष्ठका अनुसार, यो घटनामा संलग्न व्यक्तिहरूको पहिचान र थप अनुसन्धान भइरहेको छ।
...