बलराका नगरप्रमुख कुशवाहाद्वारा विद्यालय भवनको शिलान्यास
सर्लाही – बलरा नगरपालिका स्थित जनता नमूना माध्यमिक विद्यालयको चार कोठो भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालयमा विद्यार्थीहरुको चाप बढ्दै जाँदा थप व्यवस्थापनको लागि निमार्ण कार्य थालिएको छ । नमूना विद्यालय कार्यक्रम अन्तरगत करिब ६० लाखको लागतमा निर्माण हुन लागेको भवनको शिलान्यास आज सम्पन्न भएको हो ।
सर्लाही जिल्लाको बलरा नगरपालिका–८ मा रहेको जनता नमूना माध्यमिक विद्यालयमा थप व्यवस्थापनको लागि शिलान्यस गरिएको विद्यालय प्रशासनले जनाएको छ । बिद्यालय व्यवस्थापनको अध्यक्ष तथा संविद्यानसभा सदस्य माननिय शिवपुजन यादवको सभापतित्वमा आयोजित शिलान्यास कार्यक्रममा बलरा नगरपालिकाका नगरप्रमूख रामाशंकर कुशवाहाले सो भवनको शिलान्यास गर्नुभएको छ ।
सम्पन्न भएको शिलान्यास कार्यक्रममा बलरा नगरपालिका–१० का वडा अध्यक्ष दिनेश कुशवाहा, वडा नं. ८ का अध्यक्ष छित्नु शाह, विद्यालयका प्रधानअध्यापक, व...