
प्रादेशिक अस्पताल गाैरमा थप टिकट काउन्टर संचालन
राैतहट - जिल्लाकाे सदरमुकाम गाैरमा अवस्थित प्रादेशिक अस्पतालमा चारकाेठे टिकट काउन्टरकाे उद्धाटन भएको। बुधबार अस्पतालका अध्यक्ष अनवर हाशमीद्वारा साे काउन्टरकाे उद्धाटन गरिएको हाे। प्रादेशिक अस्पताल गौरको संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी र प्रादेशिक अस्पताल गौरको नि. प्र. मे. सु. डाक्टर मुरारी ठाकुरको कार्यकालमा चार वटा काउन्टर संचालनमा आएको छ । केही महिना अघि रेफर अस्पतालकाे नामले प्रसिद्ध भएको प्रादेशिक अस्पतालमा क्रमशः सुधार थालिएको हो। जिल्लाकाे सदरमुकाम गाैरमा अवस्थित भएको कारण अस्पतालमा प्राय बिरामीहरुकाे चाप हुने गर्दछ। चाप बढ्दै जाँदा बिरामीहरुलाई टिकटका लागि घण्टाै लाइनमा बस्नुपरेकाे थियो । एउटै काउन्टर भएको कारण टिकटका लागि घण्टाै बस्दासमेत पालाे आउने गरेकाे थिएनन्। उक्त समस्यालाई अन्त्य गर्न थप काउन्टर संचालन गरेकाे अध्यक्ष हाशमीले बताउनुभयो। पुर्व अध्यक्...