
फुली लगाउने गृहसचिवकै हातमा प्रहरीकाे हत्कडी
काठमाडौं । गत वर्ष नेपाल प्रहरीका महानिरीक्षकलाई फुली लगाइदिने तत्कालिन गृहसचिव टेकनारायण पान्डे बुधबार प्रहरी हिरासतमा पुगेका छन् । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं ठगीको घटनामा उनको समेत संलग्नता पुष्टि भएको हो ।गत वर्ष १९ बैशाखमा पान्डेले आइजिपीमा नियुक्त भएका धिरजप्रताप सिंहलाई गृह मन्त्रालयमा फुली लगाइदिदै बधाई दिएका थिए । पछिल्लो समय उनी उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए ।गृहमै हुँदा लोभमा फस्दा उनी अहिले प्रहरी हिरासतमा पुगेका हुन् । अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहसँग उनले पनि लाभ लिएको पुष्टि भएको थियो । पक्राउ परेका सानु भन्डारीसँग उनले पैसा लिएको पुष्टि भएपछि प्रहरीले पक्राउ पूर्जीका लागि अदालतलाई लेखेको थियो । अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनी आफै प्रहरी कार्यालय पुगेका थिए, जहाँ उनलाई हिरासतमा लिइएको हो ।यसरी कुनै दिन आइजिपीलाई फुली ...