Sunday, July 21
Shadow

Tag: sachtaknepal

राजदेवी नपाकाे नगरसभा सम्पन्न, करिब साढे ४८ कराेड १० लाख ९६ हजारकाे बजेट प्रस्तुत

राजदेवी नपाकाे नगरसभा सम्पन्न, करिब साढे ४८ कराेड १० लाख ९६ हजारकाे बजेट प्रस्तुत

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट – राजदेवी नगरपालिकाकाे १२ औं नगर अधिवेशन साेमबार सम्पन्न भएकाे छ । अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि राजदेवी नगरपालिकाले कुल ४८ करोड १० लाख ९६ हजारको बजेट प्रस्तुत गरेका छन् । जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा उक्त सभा सम्पन भएको थियो।  प्रत्येक वर्ष झै असार १०‌ सम्म नगर अधिवेशन सक्नु पर्ने कानुनी प्रावधान छ। साेही प्रावधान अनुसार राजदेवी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ काे बजेट नीति तथा कार्यक्रम साेमबार प्रस्तुत गरिएकाे हाे । नगरसभाकाे प्रथम चरणमा आज बजेट नीति तथा कार्यक्रम सम्पन्न भएको छ। ‘जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार’ भन्ने मूल नाराको रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा विकास व्यवस्थापन, दिगो बिविकास र सुशासनको प्रत्याभूति हुने गरी वातावरण सृजना गरिने लक्ष्य लिइएको हो । नगरप्रमुख भिखारी राय यादवले नीति तथा कार्यक...
भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु

भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
२७ चैत, राैतहट । भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिक अप दुर्घटना हुदा सात नेपाली मजदुरको मृत्यु भएको छ ।भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन्  । दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन् ।प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको प्रहरीलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ । गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ ।उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कदै गर्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरको नाम र घर भने खुल्न नसकेको प्रहरीले बताएको छ । ...
राैतहट आगलागी : ३ घर गोठ ७ चौपाया जलेर नष्ट, १० लाख बढीको क्षती

राैतहट आगलागी : ३ घर गोठ ७ चौपाया जलेर नष्ट, १० लाख बढीको क्षती

banner-news, ताजा-अपडेट, मुख्य समाचार
 रौतहट , २७ चैत। गएराती भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग स्थित ईशनाथ नगरपालिकामा भएको आगलागी बाट तीन घर गोठ जलेर नष्ट भएको छ।आगलागीमा परेर घर गोठ भित्र रहेको ७ वटा चौपायाको मृत्यु भएको छ। आगलागी बाट १० लाख रुपैयाँ भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ।गए राती ११ बजेर ४५ मिनेटको समय ईशनाथ ८ मंसरी टोलका बलिराम मिश्राको फुसको गोठ घरमा बालेको घुरबाट आगो सल्कीन गई गोठ घरमा आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुना साथ प्रहरी चौकी रामपुर खापका प्रमुख असई सुरेशमान श्रेष्ठको कमाण्डमा खटि गएको टोली, गाउँले र बोर्डर आउट पोस्ट खापबाट गएको सशस्त्र प्रहरीको सहयोगमा १२ बजेर ५० मिनेटमा आगलागी नियन्त्रण आएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्। आगलागी बाट तीनजनाको घर गोठ र घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको थियो।आगलागीमा परेर स्थानिय बलिराम मिश्राको भौंसी-१, पा...
काँग्रेसको निर्णय- संसदीय छानविन समिति गठन नभए संसद चलन दिदैनौं

काँग्रेसको निर्णय- संसदीय छानविन समिति गठन नभए संसद चलन दिदैनौं

ताजा-अपडेट, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् ।मंगलबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । ‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ’, बैठकपछि लेखकले भने, ‘कांग्रेस संसद अवरोध गर्न चाहदैन, तर नेपालीकांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ ।’ ...
भारतको आलोचना गर्ने माल्दिभ्सकी पुर्व मन्त्रीले मागिन माफि

भारतको आलोचना गर्ने माल्दिभ्सकी पुर्व मन्त्रीले मागिन माफि

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
माले, २७ चैत । माल्दिभ्सकी पूर्वमन्त्री मरियम शिउनाले आफ्नो भनाइ प्रति माफी मागेकी छिन् । उनले विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को झण्डाबारे अपमानजनक पोस्ट गरेका थिए। आफ्नो टविटर पोस्टमा मरियमले भारतको राष्ट्रिय प्रतीक अशोक स्तम्भको बारेमा गलत शब्द प्रयोग गरेकी थिइन्। यसबारे एमडीपी र भारतका प्रयोगकर्ताबाट कडा प्रतिक्रिया आएको थियो । मरियमले एमडिपी विरुद्ध आफ्नो पोस्टमा लेखेकी थिइन्, ‘एमडिपी र बीजेपीमा कुनै भिन्नता छैन, यिनीहरूबाट होसियार हुनु आवश्यक छ। यो पोस्टमा उनले भाजपाको चुनाव चिन्ह ‘कमल’ पनि प्रयोग गरेका छन् । वास्तवमा, माल्दिभ्समा चुनाव हुन लागेको छ, त्यसैले त्यहाँका नेताहरू लगातार एकअर्काविरुद्ध टिप्पणी गरिरहेका छन्। मोहम्मद मुइज्जुको पार्टी नेतृ मरियमले त्यस्तो पोस्ट गरेकी थिइन् । यसअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणलाई लिएर आपत्तिजनक टिप्...
विजेता ,उप- विजेतालाई महिला नेत्री अंजु झाद्वारा नगद पुरस्कार बितरण

विजेता ,उप- विजेतालाई महिला नेत्री अंजु झाद्वारा नगद पुरस्कार बितरण

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - ईशनाथमा आयाेजित मेयरका विजेता तथा उपविजेता टाेलीलाई मेयर प्रत्यासी अंझु झाले नगदबाट पुरस्कृत गरेकी छिन्। उनले बिजेतालाई १५ हजार र उपविजेतालाई १० हजार नगदबाट पुरस्कृत गरेकी हुन् । बिजेता पुर्व घाेषित पुरस्कार स्वरुप आज ईशनाथ नगरपालिका वार्ड नं ३ स्थित महादेव मन्दिर परिसर भित्र नेपाली कांग्रेस नेत्री अंजु झाले उक्त पुरस्कारकाे आयोजना गरेकी थिइन् । खेलाडीहरुकाे मनाेवल उच्च गर्न उनले पुरस्कारकाे आयोजना गरिएकाे उनले बताइन्। उप बिजेता ईशनाथ नगरपालिकाले फागुन ५ गते देखि १८‌ गतेसम्म उक्त मेयर कप संचालन भएकाे थियाे । यदी पालिकाले कागजी प्रक्रियामा १ प्रतिशत मात्र सहयोग गरे आफु ईशनाथ‌ नगरपालिकामा स्टेडियम बनाउन सक्क्षम रहेकाे महिला नेत्री अंजु झाले  दाबी गर्नुभयाे ।‌कार्यक्रममा नेपाली काँग्रेसका महिला नेत्री अंजु झा, बिजयी टाेली एवम् उपविजेता समेत टाेली, स्थानिय नगरबासी‌काे ...
१ कराेड ८८ लाख बिदेशी मुद्रासहित ३ भारतीय क्यासिनोबाट पक्राउ

१ कराेड ८८ लाख बिदेशी मुद्रासहित ३ भारतीय क्यासिनोबाट पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठ्माण्डौ - शुक्रबार प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोड आठ लाख विदेशी मुद्रासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका ३ जना पक्राउ पर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरव चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए। ‘क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट एक करोड ८ लाख ९ हजारबराबरको विदेशी मुद्रा बरामद गरिएको छ।’ प्रहरी उपरीक्षक ढुंगेलले बताए । बरामद बिदेशी मुद्रा ...
महिनाै देखि काठ्माण्डौ रमाउदै हाकिम, कार्यालयकाे कामकाज ठप्प

महिनाै देखि काठ्माण्डौ रमाउदै हाकिम, कार्यालयकाे कामकाज ठप्प

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - महिनाै देखि हाकिम काठ्माण्डौ रमाउदै गरेकाे कारण कार्यालयकाे कामकाज ठप्प भएकाे तथ्य बाहिरिएकाे छ । राैतहटमा प्रमुख प्रशासकीय अधिकृतहरुकाे रजगज कारण थुप्रै पालिकाहरु अस्त व्यस्त बनेका छन् । कतै प्रहरीकाे सहयाेगमा हाजिर हुन्छन् त काेई सासंद ईसारामा हाकिम ल्याउछन् । राैतहट जिल्लाकाे माधवनारायण नगरपालिका जहाँ महिनाै देखि हाकिम गायब भएकाे कर्मचारी स्राेतले जानकारी दिएका छन् । महिनाै देखि मनमाैजी तरिकाले प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव काठ्माण्डौमा बसेर रमाउदै गरेकाे कर्मचारीहरुकाे भनाई छ। स्थानीय सरकारकाे शक्ति र बजेट बाेकेका जिम्मेदार प्रमुख प्रशासकीय अधिकृत रमाउन व्यस्त भएपछि स्थानीयबासीले सास्ती खेप्नु परेकाे बताउछन् । नगरपालिका प्रमुख नै बिना अधिकारीक जानकारी महिनाै बाहिर बस्दाँ आर्थिक घाटा समेत खेप्नु पर्नेहुन्छ। "बिदाकाे अधिकारीक जानकारी नभएपनि प्रमुख प्रशासकीय अधिकृत देवनाथ ...
नेकपा एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशनकाे आजबाट प्रारम्भ

नेकपा एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशनकाे आजबाट प्रारम्भ

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव,राैतहट - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशन बिधिवत रुपमा आजबाट सुरु भएकाे छ। पार्टीका महासचिव शंकर पाेखरेलकाे प्रमुख अतिथीमा अविधिवेशनकाे पहिलो बैठक आज सम्पन्न भएको छ। नेकपा एमाले जिल्ला कमिटीले आयाेजना गरेकाे जिल्ला अधिवेशनकाे प्रथम बैठक बिहिबार राैतहटकाे सदरमुकाम गाैर नगरपालिका वार्ड नं ५ मा सम्पन्न भएकाे छ । "सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशकाे स्वाभिमान र समृद्धिकाे लागि एमाले-सरकार " भन्ने मुल नाराका साथ १० औं जिल्ला अधिवेशन आजबाट प्रारम्भ भएकाे छ। प्रतिनिधि परिषद बैठकका लागि प्रमुख अतिथीमा पार्टीका महासचिव शंकर पोखरेल , जिल्लामा रहेका केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, नवौ र दशाैं जिल्ला अधिवेशनको लागि निर्वाचित प्रतीनिधिहरु तथा पार्टी बाट निर्वाचित जनप्रतिनिधिहरु,नग...
राजदेवी बागमती नदीमा डुबेर एक बालकले गुमाए ज्यान 

राजदेवी बागमती नदीमा डुबेर एक बालकले गुमाए ज्यान 

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, राैतहट - बागमती नदीमा नुहाउन पुगेका एक बालककाे मृत्यु भएकाे छ । मृतक जिल्लाको राजदेवी नगरपालिका वार्ड न.९ का बिरेन्द्र दासको ११ वर्षीय छोरा गौतम दास रहेकाे खुलिएकाे छ। ११ वर्षीय दास गाैर अस्पतालकामा चेकजाँच क्रममा अस्पतालले मृत घोषणा गरेको हाे । आइतबार दिउँसो १२ बजे घर नजिकै रहेको कालिमन्दिर घाट बागमती नदीमा एकलै नुहाउने क्रममा पानीमा भित्रिएपछि तत्कालै स्थानीयको सहयोगमा ५ मिनेट को अन्तरालमा ती बालक गौतमलाई उदार गरि उपचारको लागि गौर अस्पतालमा पठाइएको थियोे ।...