Sunday, June 23
Shadow

Tag: sachtaknepal news

बर्दियामा नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

बर्दियामा नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
बर्दिया । बर्दिया राजापुर नगरपालिका-९ जोगीपुरकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकोमा राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीय शनिराम चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।अर्का एक सहयोगी २६ वर्षीय राधेश्याम चौधरी पनि बिहीबार पक्राउ परेको प्रहरीको भनाइ छ । राधेश्यामले घर बाहिर बसेर निगरानी गरेको र दुवै जनाविरुद्ध पीडित बालिकाले बलात्कारको किटानी जाहेरी दिएकोले आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । ...
नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणसँगै उनकी पत्नी समेत तानीए

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणसँगै उनकी पत्नी समेत तानीए

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड र उनकी पत्नि एवम् प्रतिनिधि सभा सदस्य मञ्जु खाँड पनि तानिएका छन्। विहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवाताए पछि खाँड दम्पत्तिको संलग्नता सतहमा आएको हो।दाहालसँगको भेटमा ओलीले छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानलाई पाखा लगाएर राजनीतिक दाउपेचका लागि फसाउने काम भईरहेको सूचना दिएका थिए। ओलीले चैत १३ गते सानु भण्डारीले दिएको बयानका विषयमा जानकारी मागेका थिए। अडियो रेकर्ड समेत गरिएको त्यो वयानमा उनले बालकृष्ण खाँण र मञ्जु खाँणको समेत नाम लिएको स्रोतको दावी छ।NIC Asiaबालकृष्ण खाँणलाई ४ करोड ७५ लाख रुपैयाँ दिएको बयान दिएपछि बयान होल्ड गरेर पुनः बयान लिइएको पाईएको छ। स्रोतका अनुसार भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने निर्णय भएपछि गिरोहले सुरु गरेको योजना सफल नह...
कञ्चनपुरमा बिओपी प्रमुखमाथिनै खुकुरी प्रहार

कञ्चनपुरमा बिओपी प्रमुखमाथिनै खुकुरी प्रहार

ताजा-अपडेट, मुख्य समाचार
कञ्चनपुर । सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुखमाथि खुकुरी प्रहार भएको छ ।दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपी का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । गत शुक्रवार राति होहल्ला गरे पछि सम्झाउन गएका सई चौंसिर माथि खुकुरी प्रहार गरिएको हो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राति १० बजेको समयमा बिओपी प्रमुख माथि खुकुरी प्रहार भएको हो । सो खुकुरी प्रहारवाट उनको बायाँ पाखुरामा चोट लागेको छ ।खुकरी प्रहार गरी फरार रहेकाहरुकाे अहिले खोजी कार्य जारी राखिएको प्रहरीले बताएकाे छ । ...
आगजनी गरेको आरोपमा जडिबुटीबाट एक जना पक्राउ

आगजनी गरेको आरोपमा जडिबुटीबाट एक जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
गुल्मी - जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ । इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए ।उनले १० वैशाखमा जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो । गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आगजनीमा संलग्न बस्नेतमाथि अनुसन्धान थालिएको छ । लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको एक करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो ।उक्त वन उद्यानमा रोपण गरिएका एक सयभन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो । वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई ६० हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान रहेको ...
गाैरमा श्राेत नखुलेको नगदसहित एक जना पक्राउ

गाैरमा श्राेत नखुलेको नगदसहित एक जना पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - श्राेत नखुलेको रुपैयाँ सहित आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार करिब १२ बजेकाे समयमा राैतहटकाे गाैरबाट एक जनालाई श्राेत नखुलेको नौँ लाख चौसठ्ठी हजार नगद नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत बिहार जिल्ला सितामढी नगरपंचायत बैरगनियाँ-६ बस्ने अंदाजी बर्ष ३६ को राज कुमार भवन रहेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनुभयो। उनका अनुसार गाैर नगरपालिका -१ स्थित ट्रानसमिटर चाेकमा प्रहरी टाेलीलाई शंका लागेपछि बिआर ३० भि ०५३१ नम्बरकाे भारतीय माेटरसाइकल चेकजाँच गरेको थियो। चेकजाँच गर्ने क्रममा माेटरसाइकलकाे बाँया हैण्डिलमा कालो प्लास्टिकको झोलाबाट नगद फेला परेको प्रवक्ता मल्लले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा भारत...
प्रधानमन्त्री देउवाद्वारा खेलकुद विश्वविद्यालय खोल्ने घोषणा

प्रधानमन्त्री देउवाद्वारा खेलकुद विश्वविद्यालय खोल्ने घोषणा

banner-news, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौ –प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो धारणा व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गर्नुभएको उल्लेख गर्नुहुँदै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुवात गर्ने योजना बनाएको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘नेपाल खेलकुदप्रति धेरै नै अगाडि छ । हामीले अझै ख्याति कमाउन बाँकी नै छ तर पनि ओलम्पिकलगायत धेरै विधामा हाम्रा साथीहरुले भाग लिनुभएको छ । हाम्रा धेरै युवा पनि खेलकुदमा रमाउँछन् । हाम्रा मन्त्रीज्यूले मलाई खेलकुद विश्वविद्यालय खोल्नुपर्छ भन्नुभएको छ । हामी छिटै नै खेल...