Sunday, September 15
Shadow

Tag: Sachtak

क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय

क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले उक्त फैसला सुनाएको हो । त्यस्तै इजलासले ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।गौशाला २६ नाम दिइएकी ती किशोरीलाई लामिछानेले काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप लागेको थियो । यस प्रकरणमा सबैभन्दा पेचिलो विषय पीडित भनिएकी किशोरीको उमेर भएको थियो । पीडित पक्षले नाबालिगमाथि बलात्कार भएको दाबी गर्दै आएको थियो भने सन्दीपको पक्षबाट किशोरी नाबालिग नभएका जन्मदर्तासहितका कागजपत्र र अन्य प्रमाण अदालतमा पेश भएको थियो ।सन्दीपविरुद्ध आफूलाई नाबालिग बताउँदै गौशाला २६ ले जबरजस्ती करणीको आरोप...
एलआइसी नेपालका उच्च पदाधिकारीहरुले जनताकाे लाखौं रकम ठगेकाे खुलासा (भिडियो पनि)

एलआइसी नेपालका उच्च पदाधिकारीहरुले जनताकाे लाखौं रकम ठगेकाे खुलासा (भिडियो पनि)

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, राैतहट - रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको सभाहल गौरमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडका केही उच्च पदाधिकारीहरुले कराेडाैं रकम हिनामिना गरेकाे एक जना एजेन्टले आरोप लगाएका छन् । एलआईसी नेपाल लिमिटेड नम्वर वन बन्ने होडमा सन् २०२० मा कर्पोरेशनका केही उच्च पदस्थ पदाधिकारीहरुको निर्देशनमा ब्राञ्च मैनेजरहरुले बिना प्रमाण, बिना सहमती र बिना जानकारीकै हजारौं हजार नक्कली बिमा लेख जारी गरिएको प्रमाण सहित फेला परेका छन् । एलआइसी नेपाल लिमिटेडमा विगतमा गरिएको गैरकानुनी कार्यलाई कम्पनीको उच्च पदस्थ निकाय अनुसन्धान एवं दोषि कर्मचारीलाई कारवाहीको नाममा झारो टार्ने कार्य गरिरहदा सयौं विमा धारीको अस्तित्व संकटमा पर्दै गएका हुन् । बिना जानकारी एवं सहमतीको यस्ता हजारौं हजार नक्कली बिमा लेख जारी गरिएको स –प्रमाण फेला परेको छ । यस्ता घटना एलआइसी (नेपाल ) लिमिटेड...
काठमाडाैंबाट फर्किने क्रममा कटहरिया नगरप्रमुखकाे गाडी दुर्घटनाग्रस्त

काठमाडाैंबाट फर्किने क्रममा कटहरिया नगरप्रमुखकाे गाडी दुर्घटनाग्रस्त

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, हेटौंडा । रौतहटको कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश सवार स्कारपियो दुर्घटनामा परेको छ । काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना १ झ १७०२ नम्बरको सरकारी स्कारपियो सोमबार बिहान ४ बजे मकवानपुरको बकैया-११ स्थित कान्तिलोकपथको शिरुडाँडामा दुर्घंटना भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार स्कारपियोमा कटहरियाका नगरप्रमुख प्रकाश र स्कारपियो चालक रहेका थिए । उनीहरु सामान्य घाइते भएका थिए । स्कारपियो आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सरकारी स्कारपियो गाडीको अगाडीको भागको सिसा फुटेको र दिउँसो उक्त गाडीलाई मर्मतका लागि ग्यारेज पठाइएको प्रहरीले जनाएको छ ।...
पुन: जाजरकोटमा भुकम्प 

पुन: जाजरकोटमा भुकम्प 

banner-news, ताजा-अपडेट, मुख्य समाचार
जाजरकोट - पुन: जाजरकोटमा भूकम्पको धक्का महशुस भएको छ। सोमबार बेलुकी ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको परकम्म जाने क्रम जारी छ। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने करिब २ सय जना घाइते भएका छन्। हजारौं भौतिक संरचना भत्किएका छन्। भूकम्पपछि जाजरकोटमा मानिसहरूको भागदौड मच्चिएको छ ।परकम्पहरू निरन्तर आइरहेपछि जाजरकोट र रुकुम पश्चिमका स्थानीयहरू त्रसित भएका छन्।...
जसपा राैतहटद्वारा स्वर्गीय उपाध्यक्ष यादवलाई श्रद्धाञ्जली अर्पण

जसपा राैतहटद्वारा स्वर्गीय उपाध्यक्ष यादवलाई श्रद्धाञ्जली अर्पण

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल न्युज डेस्क, राैतहट - जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी बिद्यार्थी युनियन नेपालको केन्द्रिय उपाध्यक्ष स्व.संतोश यादव ज्युको १३ औ पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । जनता समाजवादी पार्टी नेपालकाे भातृ संगठन समाजवादी बिधार्थी युनियन जिल्ला कार्य समितिले आज श्रद्धाञ्जली व्यक्त गरेका थिए । उपाध्यक्ष स्व. संताेष यादवकाे श्रद्धाञ्जली अर्पण कार्यक्रममा जसपा राैतहटका अध्यक्ष श्यामबिहारी यादव, राैतहट क्षेत्र नं २ (ख) का पुर्व प्रदेश सभा सदस्य रामकिशोर यादव, गाैर अस्पताल समिति सदस्य समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सचिव ललन यादव,समाजवादी युवा संघ राैतहटका अध्यक्ष पुन प्रताप पटेल, प्रदेश सभा सदस्य शाेभा देवी साह लगायत जिल्लाका अन्य शिर्ष नेताहरुकाे उपस्थिति रहेको थियो। उपाध्यक्ष स्व.सन्ताेष यादव बिर अस्पतालमा भर्ना थिए । करिब २५ दिनका...
नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला राैतहटको कटहरियामा सम्पन्न 

नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला राैतहटको कटहरियामा सम्पन्न 

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, राैतहट । नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला राैतहटको कटहरियामा शनिबार भव्यताका साथ सम्पन्न भएको छ । देशका ७७ ओटै जिल्लाका युवाहरूलाई समाजसेवामा गोलबद्ध पार्ने उद्देश्यका साथ प्रदेश सम्मेलन गरिएको हो । कटहरिया नगरपालिका उप-प्रमुख रीता यादवको प्रमुख आतिथ्तामा भएको भेलामा नमस्ते नेपाल केन्द्रीय अध्यक्ष मनिष भुसाल, संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय अनुशासन विभाग प्रमुख एवं गण्डकी प्रदेश इन्चार्ज भुवन सुवेदी, मधेस प्रदेश सह-इन्चार्ज असमी खड्काको उपस्थिति रहेको थियो । कटहरिया बजार स्थित विवाह भवनमा मधेस प्रदेश स्तरीय भेला कार्यक्रमका संयोजक एवं नमस्ते नेपालका केन्द्रीय कोषाध्यक्ष बरदान आचार्यको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर उपप्रमुखयादवले नमस्ते नेपाल संस्थाको प्रशंसा गर्दै आफ्नो प्रदेशमा बिस्तार गरिएकोमा कृतज्ञता समे...
समाजवादी युवा संघको भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

समाजवादी युवा संघको भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल न्युज डेस्क, राैतहट - जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघको नगर स्तरीय भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम बिहिबार सम्पन्न भएको छ। चलिरहेको बडा दशैं, दिपावली तथा छठकाे पावन अवसर समाजवादी युवा संघले नगरस्तरीय भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाकाे ईशनाथ नगरपालिका -२ औरैया स्थित मिठुवाकाे निर्माणाधीन धर्मशालामा उक्त कार्यक्रम सम्पन्न भएको हाे। सरोज कुमार गुप्ताकाे अध्यक्षतामा ११ सदस्यीय समाजवादी युवा संघको नगर कार्य समिती गठन भएको छ । कार्यक्रम बिच नगरका केही व्यक्तिहरुले पार्टी प्रवेश गरेका थिए। जसपाका नेताहरुले असत्य माथि सत्यको विजयकाे उपलक्ष्यमा मनाइने दशैं , आउदै गरेकाे दिपावली र छठ काे अवशरमा नगरवासी देशबासीलाई शुभकामना समेत दिएका छन् । उक्त कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवम् राैतहट क्षेत्र नं २ (ख) ...
गएराति बझाङ केन्द्रबिन्दु भएर भूकम्प

गएराति बझाङ केन्द्रबिन्दु भएर भूकम्प

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।...
बिहारकाे रमगढवामा गाैरका एक युवकलाई गाेली हानी हत्या 

बिहारकाे रमगढवामा गाैरका एक युवकलाई गाेली हानी हत्या 

banner-news, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, रौतहट । रौतहटको सदरमुकाम गौरका एक जना युवकमाथि भारत बिहारको रामगढवा बजारमा गोली प्रहार गरी हत्या गरिएको छ। वीरगन्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटर मोतीहारी जाने मुलसडकमा पर्ने रमगढ्वामा मंगलवार गौर नगरपालिका–९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो। रमगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापढी गर्ने मुन्सीको रुपमा जागिरे युवक सिंहमाथि पैसा लुट्ने उद्देश्यले गोली हत्या गरिएको अनुमान गरिएको छ। भारतीय सहर मुजफ्फररपुरबाट मिलको बक्यौता रकम सङ्कलन गरी फर्किरहेको अवस्थामा मिलको गेटमै उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। नजिकैबाट चलाइएको गोली सिंहको छातीमा लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अर्जुन सिंहले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए । गोली लागेर सिंह ढलेपछ...
एसएस प्राेडक्टमा राजस्वकाे छापामारी, पुराेना सुपारी ,लत्ताकपडा बरामद

एसएस प्राेडक्टमा राजस्वकाे छापामारी, पुराेना सुपारी ,लत्ताकपडा बरामद

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सर्लाही - सर्लाही जिल्लाकाे एक गुटका फ्याट्रिमा राजस्वका टाेलीले बुधबार छापामारी मारेकाे छ । बुधबार सर्लाहीकाे रामनगर वडा नं ३ स्थित महादेव टाेलमा सञ्चालन रहेकाे एस.एस प्राेडक्टकाे फ्याट्रीमा राजस्वकाे टाेलीले छापामारी मारेकाे छ ‌ । कमेन्ट प्लस गुटकाकाे फ्याट्रिमा छापामारीकाे क्रममा टाेलीले पुरानो सुपारी , मेसिनहरु‌ र कही पुरानाे कपडा बरामद गरेको हो । बरामद सामग्रीलाई प्रसंसा गर्ने कि भर्सना ! अच्चमकाे सामग्री बरामद गरेको प्रति स्थानीयहरु घाेर निन्दा गरेका छन् । 'ठुलालाई चैन सानालाई ऐन' भने झै कराेडाैंकाे राजस्व छली गर्नेलाई कहिलै छापामारी नगर्ने राजस्व टाेली केही महिना अगाडिनै सञ्चालित फ्याट्रीमा किन पुगेका हुन भनी प्राेडक्टका सञ्चालक संदिप कुमार मिश्रले दु:ख पाेखेका छन् । अमृत प्लसले दिएकाे निवेदन अनुसार राजस्व टाेली उक्त छापामारी मारेकाे स्राेतले जनाएको छ ‌ । अन्य फ्याट्रीहरुले अवै...