
समाजवादी युवा संघको भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
सचतक नेपाल न्युज डेस्क,
राैतहट - जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघको नगर स्तरीय भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम बिहिबार सम्पन्न भएको छ।
चलिरहेको बडा दशैं, दिपावली तथा छठकाे पावन अवसर समाजवादी युवा संघले नगरस्तरीय भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाकाे ईशनाथ नगरपालिका -२ औरैया स्थित मिठुवाकाे निर्माणाधीन धर्मशालामा उक्त कार्यक्रम सम्पन्न भएको हाे।
सरोज कुमार गुप्ताकाे अध्यक्षतामा ११ सदस्यीय समाजवादी युवा संघको नगर कार्य समिती गठन भएको छ । कार्यक्रम बिच नगरका केही व्यक्तिहरुले पार्टी प्रवेश गरेका थिए।
जसपाका नेताहरुले असत्य माथि सत्यको विजयकाे उपलक्ष्यमा मनाइने दशैं , आउदै गरेकाे दिपावली र छठ काे अवशरमा नगरवासी देशबासीलाई शुभकामना समेत दिएका छन् ।
उक्त कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवम् राैतहट क्षेत्र नं २ (ख) ...