
रौतहटमा सशस्त्र प्रहरी बल ११ नं गणको १८औं स्थापना दिवस भव्य रुपमा सम्पन्न
श्रीकान्त यादव,वैशाख १४, रौतहट । सशस्त्र प्रहरी बल ११ नं. गण, हेडक्वाटर हजमिनियाँले आफ्नो १८औं स्थापना दिवस विभिन्न कार्यक्रमहरुका साथ भव्य रुपमा सम्पन्न गरेको छ।आइतबार आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित छिन्नमस्ता बाहिनी वर्दीवास, महोत्तरीका निमित्त बाहिनीपति एसएसपी सूर्यसेन ओलीले उद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मन, वचन र कर्मबाट दायित्वबोध गर्दै पूर्ण इमान्दारीका साथ कर्तव्य पालन गर्न सशस्त्र प्रहरीहरुलाई निर्देशन दिएका थिए।उनले सीमा नाका सुरक्षादेखि राजस्व चुहावट नियन्त्रण, पिलरहरुको संरक्षण तथा सीमावर्ती क्षेत्रमा हुने अवाञ्छित गतिविधिहरु नियन्त्रण गर्न सशस्त्र प्रहरीको भूमिकालाई अत्यन्तै महत्वपूर्ण बताउँदै, उच्च सतर्कता र इमान्दारीताका साथ कार्य सम्पादन गर्न जोड दिए।कार्यक्रममा राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी प्रसाद यादवले सशस्त्र प्रहर...