४ बाेरा अवैध पटाखा राैतहट प्रहरीद्वारा नष्ट
सचतक नेपाल न्युज डेस्क,
राैतहट - जिल्ला प्रहरी कार्यालय राैतहटले बिभिन्न स्थानबाट ल्याएको अवैध पटाखा आज नष्ट गरेको छ ।
भारतबाट नेपाल तर्फ ल्याउदै गरेकाे अवस्थामा जिल्लाकाे बाैधीमाई नगरपालिका -७ मा गस्ती टोलीले ४ बाेरा पटाखा फेला परेको थियाे । उक्त पटाखालाई आज (साेमबार) जिल्ला प्रहरी कार्यालयकाे प्राङ्गणमा नष्ट गरिएकाे हाे ।
विभिन्न उत्सवहरूमा, खास गरी तिहारमा आतिसबाजी गर्न पटाखा फोड्ने गरिन्छ | तर विभिन्न किसिमका अनवान्छित घटना घट्ने भएकाले नेपालमा भने यसको प्रयोग निषेध गरिएको छ । यसबाट घर ,जग्गा आगाे लाग्ने ,ज्यानमान क्षति जस्ता घटनाहरु हुने भएकाले यसकाे प्रयाेग नगराैं, नगराउँ ।
हुन त छिटफुट कहींकतै प्रयोग भैरहन्छन् तर खुल्लमखुल्ला भने प्रयोग गर्न पाईन्न | छिमेकी राष्ट्र भारतमै पनि पटाखा खुलेआम बेचिन्छन् र फोडिन्छन् पनि । त्यहाँको सरकारले यो छुट दिएको छ र प्रहरी पनि मुखदर...