Monday, June 24
Shadow

Tag: rautahat chandrapur

चन्द्रपुरमा घरायसी विवाद कारण  छाेराले गरे बुवाकाे हत्या

चन्द्रपुरमा घरायसी विवाद कारण छाेराले गरे बुवाकाे हत्या

banner-news, ताजा-अपडेट, मुख्य समाचार
रौतहट- घरायसी विवादमा रौतहटको चन्द्रपुर नगरपालिका-६ स्थित हातेमालो सामुदायिक वन नजिकै घर भएका ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका छन्।राईले चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ । राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ।बाबु र छोरा प्रकाशबीच राति समान्य विवाद हुँदा प्रकाशले चिर्पटले हानेका थिए। बुबा निरबहादुरको टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भइ तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएकोमा मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ।घटना लगत्तै इलाका प्रहरीका डिएसपी सन्तुप्रसाद जैसवार राईको घर पुगेर छोरा प्रकाशलाई नियन्त्रणमा लिएका थिए। मृतक राईको शव पोष्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको छ। ...
९ लाख ९७ हजार बराबरको अवैध लत्ताकपडा चन्द्रपुरमा प्रहरीद्वारा बरामद

९ लाख ९७ हजार बराबरको अवैध लत्ताकपडा चन्द्रपुरमा प्रहरीद्वारा बरामद

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रहरीले बिहीबार राैतहटकाे चन्द्रपुरबाट भन्सार छली‌ गरी भित्र्याइएको अवैध लत्ताकपडा वेवारिसे अवस्थामा बरामद गरिएको छ ‌। जिल्लाकाे चन्द्रपुर नगरपालिका -६, तल्लाेबजार स्थित भीत्रि सडक खण्डमा भारतबाट भन्सार छली नेपाल तर्फ भित्र्याई ल्याएको अन्दाजी मुल्य ९ लाख ९७ हजार ८५० बराबरकाे लेडिज उलन कुर्ता, जेन्स कुर्ता सुरुवाल र लेहेङगाहरु वेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय राैतहटका नवनियुक्त सुचना अधिकारी (डिएसपी)‌ उमाशंकर प्रसाद यादवले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर, रौतहटबाट संयुक्त रुपमा खटीएको प्रहरी गस्ती टोलीले साे अवैध लत्ताकपडा बरामद गरेको उल्लेख छ। बरामद भएको अवैध लत्ताकपडालाई आवश्यक कारवाहीका लागि आज (शुक्रबार) राजश्व कार्यालय पथलैया बारामा बुझाईएको व्यहोरा जिल्ला प्रहरी कार्यालय राैतहटले जन...
चन्द्रपुरबाट १७ लाखभन्दा बढीको मालसमान प्रहरीको नियन्त्रणमा

चन्द्रपुरबाट १७ लाखभन्दा बढीको मालसमान प्रहरीको नियन्त्रणमा

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, २६ भाद्र, रौतहट । प्रहरीले चन्द्रपुरमा गए राति करिब साढे ८ बजे सर्लाहीबाट काठमांडौतर्फ जाँदै गरेको नाईट बसबाट रु.१७ लाख ७५ हजार ३९५ बराबरको मालसमानहरु फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका–४ स्थित अल्पाईन होटल अगाडीबाट उक्त मालसमान बरामद गरेको हो । काठमांडौतर्फ जाँदै गरेको ना.६ ख– १२३३ नं.को नाईट बसलाई रोकी चेकजाँच गर्दा भन्सार छली तथा चोरी पैठारी गरि ल्याएका कपडा, चिनी, चप्रा र दुध लगायतका अन्य मालसामानहरु वेवारीसे अवस्थमा फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका नि– सूचना अधिकारी तथा प्रवक्ता (प्रहरी निरीक्षक) दिनेश बहादुर कुँवरले प्रेस विज्ञप्ति मार्फत जनाकारी दिएका छन् । बरामद भएका मालसमानहरु आवश्यक कारवाहीको लागि आज (आइतबार) गौर भन्सार कार्यालयमा बुझ...