Tuesday, June 18
Shadow

Tag: Rastriya anusandhan bighag

राष्ट्रिय अनुसन्धान विभागकाे प्रमुखमा हुतराज थापा

राष्ट्रिय अनुसन्धान विभागकाे प्रमुखमा हुतराज थापा

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । देशको एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो । हुतराज थापा हाल प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि बुधबारदेखि लागू हुने गरी थापाको नियुक्ति भएको हो । थापा विभागमा वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थिए । उनले तीन वर्ष गुप्तचर विभागको नेतृत्व गर्नेछन् । उनीसँगै प्रमुखको प्रतिस्पर्धामा ओम जोशी थिए ।त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशनको पदमा टेकेन्द्र कार्कीको बढुवा भएको छ । अब तीन वर्षपछि जोशी र कार्कीबीच विभागको प्रमुखका लागि प्रतिस्पर्धा हुने भएको छ।एजेन्सी ...