Sunday, July 21
Shadow

Tag: Prachanda

प्रचण्ड,माधव, उपेन्द्र र विप्लवकाे चार दल मिलेर अब समाजवादी दल बन्छ : माधव नेपाल

प्रचण्ड,माधव, उपेन्द्र र विप्लवकाे चार दल मिलेर अब समाजवादी दल बन्छ : माधव नेपाल

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
भक्तपुर । आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताउनुभएको छ ।भक्तपुरमा जेठ २७ गते एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उहाँले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । “बालुवाटारमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा विप्लव समूहका नेता विप्लव, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ, हाम्रो पार्टीबाट म आफैँ र प्रवेश हमाल बसेर समाजवादका पक्षमा चारवटा पार्टी एक ठाउँमा बसेर मोर्चा बनाऔं, सडक, संसद् मा आवाज बुलन्द गराैं र सरकारमा बसेर राम्रो काम गरौँ भन्नेबारेमा छलफल भयो । यसबारेमा केही समयमै हामी सहमतिमा पुग्ने गरी छलफल गर्छौं ।”अध्यक्ष नेपालले भन्नुभयो, “कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आ...
प्रधानमन्त्री प्रचण्ड आज विश्वासकाे मत लिने

प्रधानमन्त्री प्रचण्ड आज विश्वासकाे मत लिने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठ्माण्डौ - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विश्वासको मत लिनेछन् । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । कुल २७५ सदस्यीय संसद्बाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ । गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाएका थिए । ...
रास्वपाले प्रचन्डलाई विश्वासकाे मत दिने निर्णय

रास्वपाले प्रचन्डलाई विश्वासकाे मत दिने निर्णय

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठ्माण्डौ - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। आइतबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सचेतक सन्तोष परियारले जानकारी दिए।प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन्। उनलाई नेकपा एमाले, राप्रपा र नेमकिपाबाहेक सबै दलले विश्वासको मत दिने तयारी गरेका छन्।यसअघि आजै नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। ...
पाँच जना मन्त्रीकाे भरमा सरकार चलाउदै प्रधानमन्त्री प्रचण्ड

पाँच जना मन्त्रीकाे भरमा सरकार चलाउदै प्रधानमन्त्री प्रचण्ड

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - सत्ता पक्षीय दलहरूबीच असन्तुष्टि बढ्ने जोखिमका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच जना मन्त्रीको भरमा सरकार चलाइरहेका छन्।पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले झन्डै दुई महिनामा तीन वटा सहयात्री दलले छाडेपछि १६ वटा मन्त्रालयको जिम्मेवारी आफैले लिएर बसेका छन्।प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुनेछ।उपराष्ट्रपतिको चुनाव सकिएपछि विश्वासको मत लिन तयार रहेको उनले जनकारी दिए।प्रतिनिधिसभाको बैठक चैत ५ गते राखिएको छ। त्यस बैठकसँगै विश्वासको मत लिने मितिबारे टुङ्गो लगाउने उनको भनाइ छ।अहिले नै मन्त्रिपरिषद् विस्तार गर्दा विवाद बढ्ने आशङ्काका कारण प्रधानमन्त्रीले महत्त्वपूर्ण मन्त्रालय पनि आफैले लिएर बसेको बताइन्छ। मन्त्रालय विभाजन विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री एक ...
एमाले र माओवादी बीच सहमति, प्रचण्ड र ओली आलोपालो प्रधानमन्त्री बन्ने

एमाले र माओवादी बीच सहमति, प्रचण्ड र ओली आलोपालो प्रधानमन्त्री बन्ने

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ ।माओवादीले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमति भएको हाे ।आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो । अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । १६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ । ...
पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न सकेनौं : प्रचण्ड

पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न सकेनौं : प्रचण्ड

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, २१ भदौं, धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पाँच वर्षमा जनताका काम गर्न नसेको स्वीकार गरेका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न नसकेको बताएका हुन् । अबको निर्वाचनबाट नयाँ जनादेश लिएर देशलाई समाजवादतर्फ उन्मुख गराउनुुपर्नेमा उनको धाराण थियो । जनताबाट निर्वाचित प्रत्यक्ष देशको कार्यकारी प्रमुखको पक्षमा रहेको समेत बताएका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच वर्षमा जनताको सोचेअनुरुप काम गर्न नसकेको बताएका हुन् । अब जनताबाट निर्वाचित कार्यकारी प्रमुख भए मात्रै देशमा राजनीतिक निकास आउने उनले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनभावनाविपरीत संविधान कुल्चने काम गरेको आरोपसमेत अध्यक्ष प्रचण्डले लगाएका छन् । ...
प्रचण्ड र उपाध्यक्ष श्रेष्ठ आज‌ सर्लाही जाँदै

प्रचण्ड र उपाध्यक्ष श्रेष्ठ आज‌ सर्लाही जाँदै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल,७ श्रावन, सर्लाही। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सर्लाही जाँदै छन् ।आज शनिबार सर्लाहीमा हुने पार्टी प्रवेश कार्यक्रमका लागि र कार्यकर्ता भेलालाई सम्बोधन गर्न शीर्ष नेतृत्व नै सर्लाही जान लागेको हो ।दिउँसो बागमती नगरपालिका– ८ सोल्टीबजारमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापतिसहितका कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने जनाइएको छ । कांग्रेसका क्षेत्रीय सभापति जबाहर कुशवाहा तथा एमालेका बागमती नगर कमिटी सचिव हरिभक्त खड्का र अन्य हजारभन्दा बढी नेता–कार्यकर्ता माओवादीमा भित्रिन लागेको बताइएको छ । उनीहरुलाई प्रचण्ड र श्रेष्ठले पार्टी प्रवेश गराउनेछन् ।आगामी संसदीय निर्वाचनलाई लक्ष्ति गरी माओवादीले पार्टी प्रवेश कार्यक्रमहरु गरिरहेको बताइन्छ । बागमती, हरिवन र बरहथवा नगरप...