
दादागिरी शैलीमा मत माग्दै प्रभु साहका कार्यकर्ता , धरहरीमा झडप
रौतहट - जिल्लाको एक नगरपालिकामा आज क्षेत्र नम्बर ३ को स्वतन्त्र उम्मेदवार प्रभु शाह र ३( ख) प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार कुन्दन कुशवहाका समर्थन र कार्यकर्ताहरुले दादागिरी शैलीमा मत माग्दै गरेकाे स्थानीयहरुले आराेप छ । बुधबार (आज ) करिब ३ बजे क्षेत्र नं ३ बाट सांसदका लागि उम्मेदवारी दिएका प्रभु साहकाे मत माग्न उनकी श्रीमति एवम् माैलापुर नगरपालिकाकि नगरप्रमुख रिना साह साथै मेयर प्रेमलाल साह सहित अन्य कार्यकर्ताहरु देवाही गाेनाही नगरपालिका- ९ स्थित धरहरी पुगेका थिए । दुवै मेयर लगायत कुन्दन कुशवाहाको श्रीमति धरहरीकै स्थानीय स्वर्गीय शिक्षक सुनिल यादवको घर पुगेर प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार प्रभुलाई र कुनै मत दिनुपर्छ भन्दै धम्काएका थिए । चर्क्राचर्की हुदै दुवैपक्ष बिच झपड भयाे । झपडकाे क्रममा ५ जना स्थानीय मतदाता घाइते भएका छन्। घाइते हुनेमा अजय यादव,सानोज यादव,मानिस यादव,रिकेश...