Sunday, January 19
Shadow

Tag: police

अभद्र ब्याबहारकाे उजुरीमा आशिका तामाङ पक्राउ

अभद्र ब्याबहारकाे उजुरीमा आशिका तामाङ पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
२ माघ, काठमाडौं। अभिनेत्री तथा अभियन्ताको रूपमा चिनिएकी आशिका तामाङ पक्राउ परेकी छिन् ।अभद्र ब्यावहार सबन्धी उजुरीको आधारमा उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी तामाङलाइ अहिले गौशाला प्रहरी चौकीमा लगिएको छ ।उनीबिरूद्दको उजुरीको आधारमा सोधपुछ भइरहेको छ । 
४० जना फरार प्रतिवादीहरू राैतहट प्रहरीकाे नियन्त्रणमा

४० जना फरार प्रतिवादीहरू राैतहट प्रहरीकाे नियन्त्रणमा

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,०२ माघ, राैतहट । जिल्ला प्रहरी कार्यालय, राैतहटले विभिन्न मुद्दामा फरार रहेका ४० जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। अदालतको आदेशअनुसार कैद तथा जरिवाना तोकिएका व्यक्तिहरूलाई खोजी गरी कारबाही अगाडि बढाइएको प्रहरी निरीक्षक उमाशंकर प्रसादले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।पक्राउ परेका प्रतिवादीहरूमध्ये कतिपयले डाँका चोरी, कुटपिट, गाली बेइज्जती, किरिया चलाउने जस्ता आरोप सामना गरेका छन्। समातिएका व्यक्तिहरूमध्ये विनोद दासलाई २ वर्ष कैद र २०,००० रुपैयाँ जरिवानासहित अदालतमा उपस्थित गराइएको छ।यसैगरी, कुटपिट तथा गाली बेइज्जतीका विभिन्न मामिलामा संलग्नहरूलाई पनि आवश्यक कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। प्रहरीले फरार रहेका अन्य प्रतिवादीहरूलाई पनि चाँडै पक्राउ गर्ने अभियान जारी राखेको छ।प्रहरीको यो कदमले कानूनी शान्ति स्थापनामा ठूलो योगदान पुर्‍याउने विश्वास गरि...
बाराबाट ७१ लाख ७४ हजारको सामान बरामद

बाराबाट ७१ लाख ७४ हजारको सामान बरामद

ताजा-अपडेट, मुख्य समाचार
२९ पुस, बारा । बाराबाट ७१ लाख ७४ हजार बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारीअनुसार, मिति २०८१ माघ १२ गते बिहान ३:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले ट्रकलाई जाँच गर्ने क्रममा उक्त सामान फेला पारेको हो।प्र. ०२-०३-००४ प ८८८८ नम्बरको ट्रकमा लुकाएर ल्याइएको सामानमा पिपिओभेनबैग, औषधि, किचन ओभन, खोपसम्बन्धी सामग्री लगायतका वस्तुहरू छन्। बरामद गरिएका सामानहरूको बजार मूल्य ७१ लाख ७४ हजार रहेको प्रहरीले जनाएको छ।बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको छ। ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। ...
रौतहटमा गैरकानुनी रूपमा ल्याइएको चिनीको भेली बरामद

रौतहटमा गैरकानुनी रूपमा ल्याइएको चिनीको भेली बरामद

banner-news, ताजा-अपडेट, मुख्य समाचार
२९ पुस, रौतहट – रौतहटको राजपुर प्रहरी टाेलीले भारतबाट गैरकानुनी रूपमा नेपाल ल्याइएको चिनीको भेली (गुड़ पाउडर) सहित मोटरसाइकलहरू बरामद गरेको छ। मिति २०८१ पुस २८ गते बिहान ६ बजे गरिएको नियमित चेकजाँचका क्रममा उक्त सामान बरामद भएको हो।प्रहरीले भारतीय नम्बर प्लेट भएका मोटरसाइकलहरू – BR 05 AB 8866, BR 30 C 0146, BR 05 E 6512, र BR 05 D 8547 – बाट १४ Non-Chemical Best Quality Jaggery (Gud) Powder बरामद गरेको छ।बरामद गरिएको सामानको मूल्य २,००,००० रूपैयाँ रहेको छ भने मोटरसाइकलसहित कुल मूल्य ३,१७,६०० रूपैयाँ आकलन गरिएको छ। उक्त सामान र मोटरसाइकलहरू आवश्यक कारबाहीका लागि राजस्व कार्यालयमा बुझाइएको छ।प्रहरीले सीमावर्ती क्षेत्रमा हुने गैरकानुनी व्यापार नियन्त्रण गर्न प्रतिबद्ध रहेको जनाएको छ। ...
राैतहटमा फरार अभियुक्त ४ वर्षपछि पक्राउ

राैतहटमा फरार अभियुक्त ४ वर्षपछि पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क ,२८ पुस, राैतहट । शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सायरा खातुनलाई पक्राउ गरेको छ। उनी ४ वर्षदेखि फरार थिइन्।मिति २०७७/०२/०८ गते राैतहट जिल्ला गढीमाई–२ निवासी इन्जान चुडियारको २२ वर्षीय श्रीमति निसनारा खातुनलाई कुटपिट गरी हत्या गरेको आरोपमा सायरा खातुनविरुद्ध जिल्ला अदालतले १२ वर्ष कैद सजाय तोकेको थियो। अदालतको फैसलापछि खातुन फरार भएकी थिइन्। सायरा खातुन उनले मृतककाे मुखमा कपडा काेची हत्या गरेकाे प्रहरीकाे भनाई छ। गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई राैतहट क्षेत्रबाट नियन्त्रणमा लिई अदालतमा पेश गरेको छ। पक्राउ परेकी सायरा खातुनले आफ्नै छाेरा (माे. चुडिहार)‌ काे श्रीमतीकाे हत्या गरेकाे समेत प्रहरीले उल्लेख गरेको छ।  यस प्रकरणमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। ...
भन्सार छली गरिएका सामान राैतहट प्रहरीद्वारा बरामद

भन्सार छली गरिएका सामान राैतहट प्रहरीद्वारा बरामद

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क ,२८ पुस,‌ गाैर । रौतहट प्रहरीले भन्सार छली गरिएका सामानहरू बरामद गरेको छ। भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ आउँदै गरेका ३ वटा माेटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न स्थानहरूमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा BR 30 E 8517, BR 05 AJ 9668 र BR 30 Z 1196 नम्बरका मोटरसाइकलहरूलाई रोकी चेकजाँच गर्दा सो मोटरसाइकलहरुमा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको रु. ६८,८८०/- बराबरको चिनी, मैदा, प्याज, गुड (मिठा), चप्पल र कपडाहरु फेला परेको थियो।उक्त सामानहरु र रु. १,३०,०००/- बराबरको ३ वटा मोटरसाइकल गरी जम्मा रु. १,९८,८८०/- रुपैयाँ बराबरको कपडा, चप्पल, किराना सर-सामानहरु, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला रौतहट परोहा न.पा. वडा नं. ८ बस्ने ३५ वर्षीय सुनदेशरी गिरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा ब...
चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
२७ पुस, राैतहट । जिल्ला प्रहरी कार्यालय, रोहतहटले दुई वर्षदेखि फरार रहेका चोरी मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ। मिति २०८१।०९।२५ गते गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको अभियुक्त विनोद दासलाई रोहतहटको कटहरिया नगरपालिका-१ स्थित घरबाट नियन्त्रणमा लिएको हो।विनोद दासलाई जिल्ला अदालत, रोहतहटले रु २०,००० जरिवाना र २ वर्ष कैद सजाय तोकेको थियो। उनी चोरी मुद्दामा दोषी ठहर भएका थिए तर फैसला सुनाएपछि फरार थिए।दासमाथि २०८०।०१।१९ गते कटहरिया नगरपालिका-१ मा रहेको जनप्राथमिक विद्यालयमा विद्युत चोरी गरी आर्थिक क्षति पुर्‍याएको आरोप लागेको थियो। उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको छ।प्रहरीले यस सफलताका लागि धन्यवाद दिँदै कानूनको पालना नगर्ने अपराधीलाई कुनै हालतमा उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गरेको छ। ...
सलाहीमा १ करोड ४ लाख बराबरको सामानसहित ट्रक नियन्त्रणमा

सलाहीमा १ करोड ४ लाख बराबरको सामानसहित ट्रक नियन्त्रणमा

ताजा-अपडेट, मुख्य समाचार
२६ पुस, सलाही – जिल्ला प्रहरी कार्यालय सलाहीले आज बिहान ६:०० बजे एक ट्रकबाट करिब १ करोड ४ लाख रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएको छ। इजाजतपत्रबिना भन्सार छल्ने प्रयास भइरहेको भन्ने सूचनाका आधारमा बागमती गाउँपालिका–१२, विस्रामपुरको चेकपोस्टमा उक्त ट्रक (ना ४ ख ९००१) नियन्त्रणमा लिइएको हो।ट्रकभित्र विभिन्न कपडा, जुत्ता, चप्पल, डाइपर प्यान्टजस्ता सामानहरू अवैध रूपमा राखिएको पाइएको छ। उक्त सामानहरूको अनुमानित मूल्य १,०४,८२,०१२ रुपैयाँ रहेको प्रहरी कार्यालयले जनाएको छ।अवैध सामानसहित ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको छ।जिल्ला प्रहरी कार्यालय सलाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) दीपक श्रेष्ठका अनुसार, यो घटनामा संलग्न व्यक्तिहरूको पहिचान र थप अनुसन्धान भइरहेको छ। ...
किटनाशक औषधि र गहुँसहित दुई सवारी साधन राैतहट प्रहरीकाे नियन्त्रणमा

किटनाशक औषधि र गहुँसहित दुई सवारी साधन राैतहट प्रहरीकाे नियन्त्रणमा

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क , २६ पुस, गाैर । रौतहट जिल्लाको गौर नगरपालिका–५ स्थित सिया प्यालेस अगाडि प्रहरीले गस्तीका क्रममा किटनाशक औषधि र गहुँ लोड गरिएका दुई सवारी साधनलाई नियन्त्रणमा लिएको छ।पुस २४ गते राति करिब ९:४५ बजे गस्ती टोलीले ना २ च ७७६१ नम्बरको पिकअप र ना २ त १६५० नम्बरको ट्र्याक्टरलाई चेकजाँच गर्दा गाडीमा रहेको सामान र बिलबीजक फरक देखिएपछि चालकहरूलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार, ट्र्याक्टर चालक ४५ वर्षीय संजिप यादव र पिकअप चालक ३० वर्षीय सुनिल यादव रहेका छन्। सामान र गाडीका कागजातमा शंका लागेपछि उनीहरूलाई थप अनुसन्धानका लागि आन्तरिक राजस्व करदाता कार्यालय, गौर पठाइएको छ।घटनाबारे जानकारी दिँदै प्रहरी निरीक्षक उमाशंकर प्रसादले चोरीपैठारी वा राजस्व छलीको आशंकामा अनुसन्धान भइरहेको बताए। प्रहरीले घटनालाई विशेष ध्यानका साथ अध्ययन गरिरहेको छ।यस घटनाले राजस्व छलीका सम्भावित गतिविधिल...
सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गरेको आरोपमा ५ जना पक्राउ

सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गरेको आरोपमा ५ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
कञ्चनपुर । कञ्चनपुरमा ड्युटीमा रेहका सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।दोधारा चादँनी नगरपालिका-७, कञ्चभोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्रसिंह चैंसिरमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।पोष्ट नजिकै शुक्रबार राति साढे १० बजे उनीहरूले सशस्त्र सई चैंसिरलाई खुकुरी प्रहार गरेका थिए।जोगबूढा झोलुंगे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेका युवाहरूलाई सम्झाउँदा उल्टै खुकुरी प्रहार गरेर उनीहरू फरार भएका थिए।शनिबार पक्राउ गरिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए।खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ। ...