साेमबारदेखि पशुपति क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ माथि प्रतिबन्ध
सचतक नेपाल डेस्क१३ भदाै, राैतहट । देशकै प्रसिद्ध पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन माथि प्रतिबन्ध लगाइएकाे छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी यस्तो आदेश जारी गरेको हो ।साेमबारबाट लगु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो निषेध लागु हुने भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ। पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
...