Tuesday, June 18
Shadow

Tag: Pakistan

एसिया कप: आज नेपाल पाकिस्तानसँग खेल्ने 

एसिया कप: आज नेपाल पाकिस्तानसँग खेल्ने 

banner-news, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, १३ भदाै । नेपाल बुधबार एसिया कपमा डेब्यू गर्दैछ। पहिलोपटक एसिया कप खेल्न लागेको नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ। कुनै पनि फर्म्याटका खेलमा नेपालको पहिलोपटक पाकिस्तानसँग भेट हुन लागेको हो। एसिया कपका लागि उत्साहित नेपाली टिम प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। नेपाल र पाकिस्तानको खेल आज (बुधबार) दिउँसो ३:१५ बजे सुरु हुनेछ। पाकिस्तानले घरेलु मैदानको अत्यधिक लाभ लिने क्रममा नतिजा नेपाललाई सुम्पिन सक्ने आकलन क्रिकेटसम्बन्धी बेवसाइट क्रिकइन्फोले गरेको छ। नेपालले क्रिकेटमा उदाउँदो शक्तिका रुपमा आफूलाई एसिया कपमा पुर्‍याएको उल्लेख गरिएको छ। भनिएको छ, ‘नेपालले एसीसी मेन्स प्रिमियर कप जितेको थियो। जहाँ उसले यूएई र हङकङलाई पराजित गरेको थियो, जो विगतका एसिया कपमा सहभागी भइसकेका देशहरु हुन्। त्यसअघि नेपालले १२ एकदिवसीय खेलमा ११...
ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु

ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
पाकिस्तान - पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ ।करिब ४५ जना तीर्थयात्री बोकेको ट्रली उक्त जिल्लाको चौकी विमानस्थल सडक नजिकै तीव्र गतिका कारण दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।उद्धारकर्ता घटनास्थल पुगेर स्थानीयवासीको सहयोगमा उद्दार कार्य शुरु गरेको उद्धार सेवाले जनाएको छ । साथै बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले हालसम्म केही शवसहित २८ जना यात्रुमात्र फेला परेको जनाइएको छ ।केही यात्रुयहरू दुर्घटनापछि चिप्लिएर बगेको हुनसक्ने उद्धार सेवाले जनाएको छ । ...
पाकिस्तानमा ग्यास बिस्फोट, ४ बालबालिकाकाे मृत्यु

पाकिस्तानमा ग्यास बिस्फोट, ४ बालबालिकाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
इस्लामावाद - पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा बुधबार एउटा घरमा ग्यास चुहावटका कारण भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । सो घटनामा परी दुई महिला घाइते भएका छन् ।परिवारका एक सदस्यले कोठामा लिक भएको ग्यास जम्मा भएको थाहै नपाई हीटर बाल्ने प्रयास गर्दा घटना भएको जनाइएको छ । घटनामा घर आंशिक रुपमा भत्किएको र ठूलो आगो निस्कियो जसको कारण बच्चाहरू र महिलाहरू गम्भीर रूपमा जलेका थिए । उद्दार टोलीहरूद्वारा घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।घाइते बालबालिकाको मृत्यु भएको छ भने गम्भीर घाइते महिलाको अस्पतालमा उपचार भइरहेको जनाएको छ । क्वेटामा हाल चरम शीतलहर जारी रहेको छ । क्वेटामा हाल रात र बिहानको समयमा माइनस तीन डिग्री सेल्सियसमा झर्ने गरेको जनाइएको छ । ...