
प्रचण्ड,माधव, उपेन्द्र र विप्लवकाे चार दल मिलेर अब समाजवादी दल बन्छ : माधव नेपाल
भक्तपुर । आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताउनुभएको छ ।भक्तपुरमा जेठ २७ गते एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उहाँले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । “बालुवाटारमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा विप्लव समूहका नेता विप्लव, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ, हाम्रो पार्टीबाट म आफैँ र प्रवेश हमाल बसेर समाजवादका पक्षमा चारवटा पार्टी एक ठाउँमा बसेर मोर्चा बनाऔं, सडक, संसद् मा आवाज बुलन्द गराैं र सरकारमा बसेर राम्रो काम गरौँ भन्नेबारेमा छलफल भयो । यसबारेमा केही समयमै हामी सहमतिमा पुग्ने गरी छलफल गर्छौं ।”अध्यक्ष नेपालले भन्नुभयो, “कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आ...