
मलेसियाबाट १३ नेपाली डिपोर्ट: अध्यागमन कानुन उल्लंघनको आरोप
सचतक नेपाल डेस्क,
मलेसिया सरकारले अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपाली श्रमिकलाई निष्काशन गरी नेपाल फिर्ता पठाएको छ। वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत मलेसिया गएका ती व्यक्तिहरू गत साता काठमाडौं आइपुगेका हुन्। निष्काशित श्रमिकहरूमध्ये केहीले प्रवेशाज्ञा (भिसा) को अवधि सकिएपछि पनि काम गरिरहेका थिए भने केहीले कम्पनी परिवर्तन गरेकाले उनीहरूलाई मलेसियाको अध्यागमन कानुन उल्लंघन गरेको ठहर गरिएको हो।मलेसियाको अध्यागमन प्रहरीले फरक-फरक समयमा उनीहरूलाई पक्राउ गरी अनुसन्धानपछि नेपाल फिर्ता पठाएको हो। मालिन्दो एयरलाइन्समार्फत उनीहरूलाई नेपाल पठाइएको छ। निष्काशित हुने व्यक्तिहरूको नाम यस प्रकार छ: जय कुमार यादव, भुदान सदा, सन्देश भुसाल, सन्तोष थापा, अविनास ठकुरी, आशिष पन्याङ, रामकुमार, लालसी बुढा, मान बहादुर गुरुङ, विष्णे महरा चमार, राज कुमार खत्री, सोनु विक, र कमल कुमार शाही।पक्र...