Tuesday, January 21
Shadow

Tag: news

अभद्र ब्याबहारकाे उजुरीमा आशिका तामाङ पक्राउ

अभद्र ब्याबहारकाे उजुरीमा आशिका तामाङ पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
२ माघ, काठमाडौं। अभिनेत्री तथा अभियन्ताको रूपमा चिनिएकी आशिका तामाङ पक्राउ परेकी छिन् ।अभद्र ब्यावहार सबन्धी उजुरीको आधारमा उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी तामाङलाइ अहिले गौशाला प्रहरी चौकीमा लगिएको छ ।उनीबिरूद्दको उजुरीको आधारमा सोधपुछ भइरहेको छ । 
४० जना फरार प्रतिवादीहरू राैतहट प्रहरीकाे नियन्त्रणमा

४० जना फरार प्रतिवादीहरू राैतहट प्रहरीकाे नियन्त्रणमा

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,०२ माघ, राैतहट । जिल्ला प्रहरी कार्यालय, राैतहटले विभिन्न मुद्दामा फरार रहेका ४० जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। अदालतको आदेशअनुसार कैद तथा जरिवाना तोकिएका व्यक्तिहरूलाई खोजी गरी कारबाही अगाडि बढाइएको प्रहरी निरीक्षक उमाशंकर प्रसादले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।पक्राउ परेका प्रतिवादीहरूमध्ये कतिपयले डाँका चोरी, कुटपिट, गाली बेइज्जती, किरिया चलाउने जस्ता आरोप सामना गरेका छन्। समातिएका व्यक्तिहरूमध्ये विनोद दासलाई २ वर्ष कैद र २०,००० रुपैयाँ जरिवानासहित अदालतमा उपस्थित गराइएको छ।यसैगरी, कुटपिट तथा गाली बेइज्जतीका विभिन्न मामिलामा संलग्नहरूलाई पनि आवश्यक कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। प्रहरीले फरार रहेका अन्य प्रतिवादीहरूलाई पनि चाँडै पक्राउ गर्ने अभियान जारी राखेको छ।प्रहरीको यो कदमले कानूनी शान्ति स्थापनामा ठूलो योगदान पुर्‍याउने विश्वास गरि...
नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ समापन

नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ समापन

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२९ पुस, राैतहट । नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै दुई देशका सेनाबीचको संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' को समापन भएको छ।यसपटकको अभ्यास नेपाली सेनाको ब्याटल स्कुलमा सम्पन्न भएको थियो। नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन भएको यो अभ्यासले विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला तथा मानवीय सहयोगजस्ता महत्त्वपूर्ण विषयहरूमा दुवै पक्षले सैद्धान्तिक र व्यवहारिक ज्ञान आदानप्रदान गरेका छन्।नेपाली सेनाका प्रवक्ताका अनुसार यो अभ्यासले दुई देशका सेनाबीचको आपसी समझदारी, सहकार्य, र मैत्री सम्बन्धलाई अझ मजबुत बनाएको छ। यस्ता सैन्य अभ्यासले क्षेत्रीय स्थायित्व र आपसी सहकार्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।सैनिक अधिकारीका अनुसार यो अभ्यास प्रत्येक वर्ष नेपाल र भारतमा पालैपालो आयोजना गरिँदै आएको छ। अगामी अभ्यास भारतमा आयोजना गरिन...
मलेसियाबाट १३ नेपाली डिपोर्ट: अध्यागमन कानुन उल्लंघनको आरोप

मलेसियाबाट १३ नेपाली डिपोर्ट: अध्यागमन कानुन उल्लंघनको आरोप

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सचतक नेपाल डेस्क, मलेसिया सरकारले अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपाली श्रमिकलाई निष्काशन गरी नेपाल फिर्ता पठाएको छ। वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत मलेसिया गएका ती व्यक्तिहरू गत साता काठमाडौं आइपुगेका हुन्। निष्काशित श्रमिकहरूमध्ये केहीले प्रवेशाज्ञा (भिसा) को अवधि सकिएपछि पनि काम गरिरहेका थिए भने केहीले कम्पनी परिवर्तन गरेकाले उनीहरूलाई मलेसियाको अध्यागमन कानुन उल्लंघन गरेको ठहर गरिएको हो।मलेसियाको अध्यागमन प्रहरीले फरक-फरक समयमा उनीहरूलाई पक्राउ गरी अनुसन्धानपछि नेपाल फिर्ता पठाएको हो। मालिन्दो एयरलाइन्समार्फत उनीहरूलाई नेपाल पठाइएको छ। निष्काशित हुने व्यक्तिहरूको नाम यस प्रकार छ: जय कुमार यादव, भुदान सदा, सन्देश भुसाल, सन्तोष थापा, अविनास ठकुरी, आशिष पन्याङ, रामकुमार, लालसी बुढा, मान बहादुर गुरुङ, विष्णे महरा चमार, राज कुमार खत्री, सोनु विक, र कमल कुमार शाही।पक्र...
राैतहटमा फरार अभियुक्त ४ वर्षपछि पक्राउ

राैतहटमा फरार अभियुक्त ४ वर्षपछि पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क ,२८ पुस, राैतहट । शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सायरा खातुनलाई पक्राउ गरेको छ। उनी ४ वर्षदेखि फरार थिइन्।मिति २०७७/०२/०८ गते राैतहट जिल्ला गढीमाई–२ निवासी इन्जान चुडियारको २२ वर्षीय श्रीमति निसनारा खातुनलाई कुटपिट गरी हत्या गरेको आरोपमा सायरा खातुनविरुद्ध जिल्ला अदालतले १२ वर्ष कैद सजाय तोकेको थियो। अदालतको फैसलापछि खातुन फरार भएकी थिइन्। सायरा खातुन उनले मृतककाे मुखमा कपडा काेची हत्या गरेकाे प्रहरीकाे भनाई छ। गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई राैतहट क्षेत्रबाट नियन्त्रणमा लिई अदालतमा पेश गरेको छ। पक्राउ परेकी सायरा खातुनले आफ्नै छाेरा (माे. चुडिहार)‌ काे श्रीमतीकाे हत्या गरेकाे समेत प्रहरीले उल्लेख गरेको छ।  यस प्रकरणमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। ...
लस एन्जलसमा डढेलो: १३ जनाको मृत्यु, सयौं घाइते

लस एन्जलसमा डढेलो: १३ जनाको मृत्यु, सयौं घाइते

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
२८ पुस ,लस एन्जलस — लस एन्जलस क्षेत्रमा जारी डढेलोमा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने सयौं व्यक्ति घाइते भएका छन्। तीव्र हावाहुरी र सुख्खा मौसमका कारण डढेलो तीव्र गतिमा फैलिएको छ, जसले हजारौं संरचनाहरू ध्वस्त पारेको छ। प्रमुख डढेलोहरू:प्यासिफिक प्यालिसेड्स डढेलो: १६,००० एकड क्षेत्रफलमा फैलिएको यो डढेलोले १,००० भन्दा बढी संरचनाहरू नष्ट गरेको छ। यसमा चर्चित व्यक्तिहरूका घरहरू पनि परेका छन्। इटन डढेलो: अल्टाडेना र पासाडेना क्षेत्रमा फैलिएको यस डढेलोले ९७२ भन्दा बढी संरचनाहरू नष्ट गरेको छ र ९८ संरचनाहरूलाई क्षति पुर्‍याएको छ। पीडितहरूको विवरण:भिक्टर शॉ (६६): आफ्नो घर जोगाउन प्रयास गर्दा बगैंचाको पाइप समातेको अवस्थामा मृत फेला परेका। एन्थोनी मिट्चेल (६७) र छोरा जस्टिन: अल्टाडेनामा इटन डढेलोको शिकार भएका। रोरी साइकस (३२): अष्ट्रेलियाली पूर्व बाल कलाकार, मालिबुमा कार्बन मोनोअक्साइड विषाक्तता...
नेपालको नयाँ संविधान संशोधन पारित: संघीय संरचनामा ऐतिहासिक परिवर्तन

नेपालको नयाँ संविधान संशोधन पारित: संघीय संरचनामा ऐतिहासिक परिवर्तन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालको संघीय संसद्ले आज संविधान संशोधन पारित गरेको छ, जसले संघीय संरचनामा महत्वपूर्ण परिवर्तन ल्याउनेछ। यो संशोधनले राजनीतिक अस्थिरता अन्त्य गर्दै, प्रदेशहरू र स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाउने उद्देश्य राखेको छ।संशोधनका मुख्य बुँदाहरू1. प्रदेश सीमांकनमा परिमार्जनविवादास्पद सीमाहरू पुनः निर्धारण गर्दै प्रदेशहरू बीचको असमझदारी हटाउने।नयाँ सीमांकनले प्रशासनिक कार्यान्वयनलाई प्रभावकारी बनाउने अपेक्षा।2. स्थानीय तथा प्रदेश अधिकार विस्तारशिक्षा, स्वास्थ्य, र यातायातजस्ता सेवाहरूमा स्थानीय सरकारलाई थप अधिकार।आर्थिक स्रोत व्यवस्थापनमा प्रदेशहरूको भूमिकालाई सुदृढ बनाउने।3. नागरिकता सम्बन्धी सुधारअन्तर्राष्ट्रिय विवाह भएका नेपाली नागरिकको अधिकार स्पष्ट पार्दै, उनीहरूको हित सुनिश्चित गर्ने।राजनीतिक र सामाजिक प्रतिक्रियासत्तारूढ दलले यसलाई देशको समृद्धि र स्थिरताको लागि मील का पत्थर भनेको छ। तर...
पाकिस्तानमा कोइला खानी विष्फोट, चार जनाको मृत्यु

पाकिस्तानमा कोइला खानी विष्फोट, चार जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
पाकिस्तानको क्वेटा नजिकैको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विस्फोट हुँदा चार खानी मजदुरको मृत्यु भएको छ भने आठजना अझै खानीभित्र फसेका छन्। २७ घण्टाभन्दा लामो समयदेखि उद्धार कार्य जारी रहेको एआरवाई न्यूजले जनाएको छ।विस्फोट र उद्धार प्रयासघटना बिहीबार स्थानीय समयअनुसार साँझ ४ः०० बजे भएको थियो। ग्यास विस्फोटका कारण खानीको एउटा भाग भत्किएको थियो, जसमा १२ जना मजदुर काम गरिरहेका थिए। अहिलेसम्म चार शव निकालिएको छ, भने उद्धारकर्ताहरू बाँकी आठजनाको खोजीमा अथक प्रयास गरिरहेका छन्।खानीको गहिराइ र चुनौतीपूर्ण उद्धारखानी करिब ४,३०० फिट गहिरो रहेको अनुमान गरिएको छ। हालसम्म बरामद गरिएका शवहरू ३,००० फिट गहिराइबाट निकालिएको एआरवाई न्यूजले जनाएको छ। उद्धार टोलीहरूले खानीमा पुग्न वैकल्पिक मार्ग निर्माण गरिरहेका छन्, तर खराब मौसमका कारण उद्धार कार्यमा चुनौती थपिएको छ।यसअघि पनि यस्तै घटनाबलुचिस्तान...
दुर्गाभगवती गाउँपालिकाको लेटर प्याड दुरुपयोग प्रति अध्यक्षको आपत्ति

दुर्गाभगवती गाउँपालिकाको लेटर प्याड दुरुपयोग प्रति अध्यक्षको आपत्ति

banner-news, ताजा-अपडेट, मुख्य समाचार
२७ पुस, राैतहट । दुर्गाभगवती गाउँपालिकाकी उपाध्यक्ष शिला देवीले कार्यालयको लेटर प्याड दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्ष शम्भु सिंहले आपत्ति जनाएका छन्। अध्यक्ष सिंहले विज्ञप्ति जारी गर्दै कानूनी प्रक्रिया र संस्थागत व्यवस्थाप्रति गम्भीर प्रश्न उठाउँदै उपाध्यक्षको क्रियाकलापलाई गैरकानूनी भनेका छन्।लेटरप्याड दुरुपयोग प्रकरणगाउँपालिकाको आधिकारिक पत्र मिति २०८१/०९/१८ को पत्र संख्या २०८१/०८२ तथा चलानी नं. ६८२ र ६८३ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामलाई सम्बोधन गरिएको थियो। यस्तै चलानी र मिति प्रयोग गरी उपाध्यक्ष शिला देवीले गैरकानूनी रूपमा विभिन्न सरकारी निकायमा पत्राचार गरेको आरोप अध्यक्ष सिंहले लगाएका छन्।अध्यक्षको आपत्तिअध्यक्ष सिंहद्वारा जारी विज्ञप्तिमा उपाध्यक्षले गाउँपालिकाको कामकाजमा अवरोध पुर्याएको, कर्मचारीको मनो...
राजदेवी नपाकाे नगरसभा सम्पन्न, करिब साढे ४८ कराेड १० लाख ९६ हजारकाे बजेट प्रस्तुत

राजदेवी नपाकाे नगरसभा सम्पन्न, करिब साढे ४८ कराेड १० लाख ९६ हजारकाे बजेट प्रस्तुत

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट – राजदेवी नगरपालिकाकाे १२ औं नगर अधिवेशन साेमबार सम्पन्न भएकाे छ । अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि राजदेवी नगरपालिकाले कुल ४८ करोड १० लाख ९६ हजारको बजेट प्रस्तुत गरेका छन् । जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा उक्त सभा सम्पन भएको थियो।  प्रत्येक वर्ष झै असार १०‌ सम्म नगर अधिवेशन सक्नु पर्ने कानुनी प्रावधान छ। साेही प्रावधान अनुसार राजदेवी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ काे बजेट नीति तथा कार्यक्रम साेमबार प्रस्तुत गरिएकाे हाे । नगरसभाकाे प्रथम चरणमा आज बजेट नीति तथा कार्यक्रम सम्पन्न भएको छ। ‘जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार’ भन्ने मूल नाराको रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा विकास व्यवस्थापन, दिगो बिविकास र सुशासनको प्रत्याभूति हुने गरी वातावरण सृजना गरिने लक्ष्य लिइएको हो । नगरप्रमुख भिखारी राय यादवले नीति तथा कार्यक...