Tuesday, January 21
Shadow

Tag: news tak sach

आमसञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ

आमसञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ

banner-news, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
जनकपुर - गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत आम सञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ भएको छ । आम सञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामकाे वार्षिक कार्यक्रममा स्वीकृत भएको अनुसार पहिलो चरणको तालिम सुरु हुन लागेको हो । श्रव्य-दृश्य, छायाङ्कन एवम् सम्पादन सम्बन्धी पाँच दिवसीय तालिम बैशाख २५ देखि २९ सम्म चल्ने छ । प्रदेश सभा सदस्य एवम् नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष रामअशिष राय यादवले प्रमुख अतिथिका रुपमा बाेट राेप्न गर्दर तालिमकाे शुभारम्भ गर्नुभयो । कुल २८ जनालाई तालिमका लागि छनौट भएको आम सञ्चार प्राधिकरणले सार्वजनिक गरेको छ। आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारिता बारे प्रकाश थप्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाकाे सभाकक्षमा उद्घाटन सत्रलाई समापन गर्नुभयो। तालिममा छनाैट नामावली ...
माेटरसाइकलकाे ठक्करबाट चितवनमा एक पैदलयात्रुकाे मृत्यु

माेटरसाइकलकाे ठक्करबाट चितवनमा एक पैदलयात्रुकाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
चितवन - मोटरसाइकलको ठक्करबाट चितवनको भरतपुर महानगरपालिका-२८, साझापुरमा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् ।गए राति ना२२प ६८०० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।मोटरसाइकल चालक भरतपुर-२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ...
रूपन्देहीमा घुमुवाको सिन्डिकेट तोडिए पनि केहि अझै पैसा असुलिमा

रूपन्देहीमा घुमुवाको सिन्डिकेट तोडिए पनि केहि अझै पैसा असुलिमा

ताजा-अपडेट, मुख्य समाचार
रूपन्देही । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुंवरले पदबाहली गरेसंगै र लुम्बिनी प्रदेशमा उमेश राज जोशीले नेतृत्व लिए संगै स्थानीय प्रहरीमा परिवर्तनका केही संकेतहरू देखिन थालेका छन् । बर्षाै देखि जरा गाडेर बसेका केही बदनाम घुमुवाहरू लखेटिएका भए पनि अझै केही भने मातहतका थाना चौकीमा बसेर आफ्नो असुली धन्दा चलाई रहेकै छन् । रूपन्देहीमा घुमुवाका रूपमा होस या मातहतका सीमावर्ती तस्करी हुने नाकामा बसेर बदनाम भएका असई कमल भट्टराई रोल्पा लखेटिएका छन् । उनलाई कसैले हल्लाउन सकेको थिएन ।नवजनप्रहार साप्ताहिकले उनको असली धन्दाको उजागर गरे पछि डिआइजी जोशीले छानबिन गरे पश्चात् उनलाई नेटो कटाएका हुन ।तर उनकै छत्रछायामा भैरहवामा लामो समयदेखि बसिरहन सफल अन्य भने अझै रूपन्देहीमा नै कार्यरत रहिरहेका छन् । हवल्दार जन्तलाल गुप्ता असई कमल भट्टराई जिल्लामा घुमुवा हुदा घुमुवा नै तस्करीको नाकामा जादा त्यही जाने गरिर...
लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री चाैधरीकाे आज सपथ समारोह

लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री चाैधरीकाे आज सपथ समारोह

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
लुम्बिनी - लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कांग्रेसका डिल्लिबहादुर चौधरीले आज सपथ ग्रहण गर्दै छन्। बिहिबार नियुक्त मुख्यमन्त्री चौधरीले आज सपथ लिन लागेका हुन्।  प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई सम्बिधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेको थिए। चौधरी प्रदेश सभाको बहुमत ५३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री लिला गिरिले गत सोमबार प्रदेश सभामा विश्वासको मत नपाएपछी प्रदेश प्रमुख शेरचनले मंगलबार नयाँ सरकार गठनका लागि आव्हान गरेका थिए। ...
आगजनी गरेको आरोपमा जडिबुटीबाट एक जना पक्राउ

आगजनी गरेको आरोपमा जडिबुटीबाट एक जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
गुल्मी - जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ । इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए ।उनले १० वैशाखमा जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो । गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आगजनीमा संलग्न बस्नेतमाथि अनुसन्धान थालिएको छ । लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको एक करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो ।उक्त वन उद्यानमा रोपण गरिएका एक सयभन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो । वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई ६० हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान रहेको ...
एकै दिन सुनसरी प्रहरीद्वारा २२ फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरी प्रहरीद्वारा २२ फरार प्रतिवादी पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सुनसरी । एकै दिन सुनसरी प्रहरीले २२ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल भएको सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले जनाएका छन् ।पक्राउ परेकाहरु अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरु रहेको एसपी ढकालले बताए । पक्राउ परेका सबैलाई बुधबार नै अदालतसमक्ष बुझाइएको छ । चालु आर्थिक वर्ष २०७९–८० मा अदालतबाट कैद तथा जरिवाना तोकेका ३ सय ३७ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको सुनसरी प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिए ।सुनसरी प्रहरीले र फरार प्रतिवादीहरू पक्राउ गर्न विशेष टोली बनाएर अभियान नै चलाइरुहेको ढकालले बताए ।कुनै अपराधमा संलग्न भएर पक्राउ नपरेका व्यक्तिहरु गाउँघरमा लुकिछिपी बसेको भए तत्...
सम्पर्क विहिन तारा एयरको जहाज खोज्न हेलिकोप्टर परिचालन

सम्पर्क विहिन तारा एयरको जहाज खोज्न हेलिकोप्टर परिचालन

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ जेठ, रौतहट । सम्पर्कविहीन भएको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज खोज्न हेलिकोप्टर परिचालन गरिएको छ । मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले सुर्खेत र काठमाडौं एयरबेसबाट हेलिकोप्टर परिचालन गर्न तयारी अवस्थामा रहेको बताउनुभयो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिवेश लोहनीका अनुसार सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको छ । यसैबीच, मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेका छन् । तर त्यहाँ अहिलेसम्म प्रहरी वा अन्य कुनै निकाय पुगेको छैन । प्रहरीका अनुसार...