
असार १ देखी कार्यालयको नयाँ समयतालिका
सच तक नेपाल डेस्क,
३१ जेठ, रौतहट । भोली असार १ गते । असार १ गते देखि लागु हुने गरि सरकारले नयाँ कार्यालय समय निर्धारण गरेको छ । आइतबारको सार्वजनिक विदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको हो ।
जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो ।
आइतबारको विदा खारेजीपछि गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको हो ।
जस अनुसार नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरुमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १०ः०० देखि अपरान्ह ५ः०० बजेसम्म हुने छ।
यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०ः०० बजे...