Saturday, October 5
Shadow

Tag: nepalsachtak

आमसञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ

आमसञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ

banner-news, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
जनकपुर - गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत आम सञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ भएको छ । आम सञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामकाे वार्षिक कार्यक्रममा स्वीकृत भएको अनुसार पहिलो चरणको तालिम सुरु हुन लागेको हो । श्रव्य-दृश्य, छायाङ्कन एवम् सम्पादन सम्बन्धी पाँच दिवसीय तालिम बैशाख २५ देखि २९ सम्म चल्ने छ । प्रदेश सभा सदस्य एवम् नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष रामअशिष राय यादवले प्रमुख अतिथिका रुपमा बाेट राेप्न गर्दर तालिमकाे शुभारम्भ गर्नुभयो । कुल २८ जनालाई तालिमका लागि छनौट भएको आम सञ्चार प्राधिकरणले सार्वजनिक गरेको छ। आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारिता बारे प्रकाश थप्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाकाे सभाकक्षमा उद्घाटन सत्रलाई समापन गर्नुभयो। तालिममा छनाैट नामावली ...
बाेल्ने माैका नपाएपछि सिंहले सांसद भवनमैे लुगा खाेले

बाेल्ने माैका नपाएपछि सिंहले सांसद भवनमैे लुगा खाेले

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्।बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्।सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्। ...
डिभीकाे नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने?

डिभीकाे नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने?

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, सूचना / प्रविधि
राैतहट । डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज प्रकाशित हुँदैछ । अमेरिकाले सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको डिभीको नतिजा आज प्रकाशन गर्न लागेको हो। नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । त्यही प्रावधान अनुसार अमेरिकाले आज डिभीको नतिजा सार्वजनिक गर्न लागेको हो । डिभीको नतिजा नेपाली समय अनुसार राति ९ः ४५ बजे नतिजा सार्वनिक हुनेछ । https://dvprogram.state.gov/ ...
बर्दियामा नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

बर्दियामा नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
बर्दिया । बर्दिया राजापुर नगरपालिका-९ जोगीपुरकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकोमा राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीय शनिराम चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।अर्का एक सहयोगी २६ वर्षीय राधेश्याम चौधरी पनि बिहीबार पक्राउ परेको प्रहरीको भनाइ छ । राधेश्यामले घर बाहिर बसेर निगरानी गरेको र दुवै जनाविरुद्ध पीडित बालिकाले बलात्कारको किटानी जाहेरी दिएकोले आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । ...
रूपन्देहीमा घुमुवाको सिन्डिकेट तोडिए पनि केहि अझै पैसा असुलिमा

रूपन्देहीमा घुमुवाको सिन्डिकेट तोडिए पनि केहि अझै पैसा असुलिमा

ताजा-अपडेट, मुख्य समाचार
रूपन्देही । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुंवरले पदबाहली गरेसंगै र लुम्बिनी प्रदेशमा उमेश राज जोशीले नेतृत्व लिए संगै स्थानीय प्रहरीमा परिवर्तनका केही संकेतहरू देखिन थालेका छन् । बर्षाै देखि जरा गाडेर बसेका केही बदनाम घुमुवाहरू लखेटिएका भए पनि अझै केही भने मातहतका थाना चौकीमा बसेर आफ्नो असुली धन्दा चलाई रहेकै छन् । रूपन्देहीमा घुमुवाका रूपमा होस या मातहतका सीमावर्ती तस्करी हुने नाकामा बसेर बदनाम भएका असई कमल भट्टराई रोल्पा लखेटिएका छन् । उनलाई कसैले हल्लाउन सकेको थिएन ।नवजनप्रहार साप्ताहिकले उनको असली धन्दाको उजागर गरे पछि डिआइजी जोशीले छानबिन गरे पश्चात् उनलाई नेटो कटाएका हुन ।तर उनकै छत्रछायामा भैरहवामा लामो समयदेखि बसिरहन सफल अन्य भने अझै रूपन्देहीमा नै कार्यरत रहिरहेका छन् । हवल्दार जन्तलाल गुप्ता असई कमल भट्टराई जिल्लामा घुमुवा हुदा घुमुवा नै तस्करीको नाकामा जादा त्यही जाने गरिर...
शाखा अधिकृत र सहयोगी घुसकाे ४७ हजार रकमसहित अख्तियारकाे फन्दामा

शाखा अधिकृत र सहयोगी घुसकाे ४७ हजार रकमसहित अख्तियारकाे फन्दामा

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । उद्योग बिभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापा घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अपराह्न ४ बजे नियन्त्रणमा लिएको छ ।अधिकृत घिमिरे र थापाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।कार्यालय सहयोगी थापालाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ र घिमिरेलाई ३७ हजार ५ सय ३५ रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ...
रेडियो जुनतारा तेश्रो वर्ष पार गरि चौथो वर्षमा सफलतापुर्वक प्रवेश

रेडियो जुनतारा तेश्रो वर्ष पार गरि चौथो वर्षमा सफलतापुर्वक प्रवेश

ताजा-अपडेट, मुख्य समाचार
गौशाला - महोत्तरीको गौशाला नगरपालिका वडा न. ५ बजार स्थित रहेको रेडियो जुनतारा १०३.४ मेगाहर्जले आज तेश्री वर्ष पार गरि चौथो वर्षमा सफलतापुर्वक प्रवेश गरेको छ । आज विश्वकर्मा भगवानको पुजा आराधना संगसंगै रेडियो जुनतारा १०३.४ मेगाहर्जले आफ्नो वार्षिकोत्सव पनि मनाएको छ ।उज्यालो नेपाल द्वारा संचालित रेडियो जुनतारा एउटा सामुदायिक रेडियो हो ।समाज र संचार क्षेत्रमा ख्याती कमाएको यस रेडियोले सदैब समाज र समुदायको लागि कार्य गर्दै आएको छ । जसले गर्दा आज यहाँ सम्म सफलतापुर्वक आउन सफल भएको रेडियोका संचालक गौशाला -४ रजखोर निवासी निरन्जन कुमार साहले बताएका छन् । उनले मिडिया क्षेत्रमा कार्य गर्न निकै मुस्किल भएपनि आफ्नो मेहनत र समाजप्रति उत्तरदायी हुने भावना बोकेर यहाँ सम्म सफलता हासिल गरेकोमा खुसि व्यक्त गरेका छन् ।उनले भने," हाम्रो समाजमा सामुदायिक रेडियोको महत्व र आकर्षण विशेष छ । भौगोलिक कठिनाइका कारण...
१० वटा ठेकेदार कम्पनी डेढ वर्षसम्मका लागि कालोसूचीमा (नामावलीसहित)

१० वटा ठेकेदार कम्पनी डेढ वर्षसम्मका लागि कालोसूचीमा (नामावलीसहित)

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। सरकारले १० वटा निर्माण कम्पनीलाई डेढ वर्षसम्म कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सोमबार सूचना प्रकाशन गर्दै कालोसूचीमा पर्ने १० वटा कम्पनी र ठेकेदारको नाम सार्वजनिक गरेको छ । कालोसूचीमा पर्नेहरूमा देवेन्द्र तेल उद्योग, वीरगन्ज उपमहानगरपालिका वडा नं १०, पर्सा सञ्चालक देवेन्द्र प्रसाद चौरसियालाई एक वर्ष, धर्यता निर्माण कम्पनी प्रा.लि.रामारोसन ३, अछाम सञ्चालक सुनिल बहादुर रावललाई एक वर्ष, किसन रक्तकाली पावर क्वालिटी जेभि काठमाडौँ सञ्चालक पशुपति उप्रेतीलाई एक वर्ष कालोसूचीमा राखेको छ । त्यसै गरी श्री माँ हर्कादेवी विल्डर्स प्रा.लि. का.म.न.पा. १०, नयाँबानेश्वर सञ्चालक प्रकाश धामीलाई एक वर्ष, प्यासिफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रा.लि. वीरगन्ज ३ पर्सा सञ्चालक प्रशान्त प्रसाद केसरीलाई एक वर्ष तीन महिना, श्री पृथ्वी कन्स्ट्रक्सन, वर्दगोरिया गा.पा. ...
सोमबारबाट लाइसेन्सको नयाँ आवेदन खुल्दै

सोमबारबाट लाइसेन्सको नयाँ आवेदन खुल्दै

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, ९ जेठ, रौतहट । यातायात विभागले सोमवारबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउने भएको छ । विभागले ४ जेठबाट नै लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने गरी तयारी गरेको दाबी गरेको थियो । तर प्राविधिक समस्याले गर्दा ढिला हुन गए पनि सोमबारबाट नै खुला गर्ने गरी विभागले तयारी गरिरहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो । प्राविधिक रुपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ। पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारीसाधन दर्ता प्रणाली र नयाँ अनलाइन ड्राइभिङ लाइसेन्स दर्ता, स्मार्ट कार्ड प्रणालीलाई एकीकृत गर्न प्राविधिक समस्या पर्दा नयाँ आवेदन खुलाउन ढिला भएको महानिर्देशक घिमिरेले जानकारी दिनुभयो । यातायात व्यवस्था विभा...