Tuesday, January 21
Shadow

Tag: nepalnews

नेकपा एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशनकाे आजबाट प्रारम्भ

नेकपा एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशनकाे आजबाट प्रारम्भ

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव,राैतहट - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशन बिधिवत रुपमा आजबाट सुरु भएकाे छ। पार्टीका महासचिव शंकर पाेखरेलकाे प्रमुख अतिथीमा अविधिवेशनकाे पहिलो बैठक आज सम्पन्न भएको छ। नेकपा एमाले जिल्ला कमिटीले आयाेजना गरेकाे जिल्ला अधिवेशनकाे प्रथम बैठक बिहिबार राैतहटकाे सदरमुकाम गाैर नगरपालिका वार्ड नं ५ मा सम्पन्न भएकाे छ । "सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशकाे स्वाभिमान र समृद्धिकाे लागि एमाले-सरकार " भन्ने मुल नाराका साथ १० औं जिल्ला अधिवेशन आजबाट प्रारम्भ भएकाे छ। प्रतिनिधि परिषद बैठकका लागि प्रमुख अतिथीमा पार्टीका महासचिव शंकर पोखरेल , जिल्लामा रहेका केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, नवौ र दशाैं जिल्ला अधिवेशनको लागि निर्वाचित प्रतीनिधिहरु तथा पार्टी बाट निर्वाचित जनप्रतिनिधिहरु,नग...
नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला राैतहटको कटहरियामा सम्पन्न 

नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला राैतहटको कटहरियामा सम्पन्न 

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, राैतहट । नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला राैतहटको कटहरियामा शनिबार भव्यताका साथ सम्पन्न भएको छ । देशका ७७ ओटै जिल्लाका युवाहरूलाई समाजसेवामा गोलबद्ध पार्ने उद्देश्यका साथ प्रदेश सम्मेलन गरिएको हो । कटहरिया नगरपालिका उप-प्रमुख रीता यादवको प्रमुख आतिथ्तामा भएको भेलामा नमस्ते नेपाल केन्द्रीय अध्यक्ष मनिष भुसाल, संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय अनुशासन विभाग प्रमुख एवं गण्डकी प्रदेश इन्चार्ज भुवन सुवेदी, मधेस प्रदेश सह-इन्चार्ज असमी खड्काको उपस्थिति रहेको थियो । कटहरिया बजार स्थित विवाह भवनमा मधेस प्रदेश स्तरीय भेला कार्यक्रमका संयोजक एवं नमस्ते नेपालका केन्द्रीय कोषाध्यक्ष बरदान आचार्यको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर उपप्रमुखयादवले नमस्ते नेपाल संस्थाको प्रशंसा गर्दै आफ्नो प्रदेशमा बिस्तार गरिएकोमा कृतज्ञता समे...
बिहारकाे रमगढवामा गाैरका एक युवकलाई गाेली हानी हत्या 

बिहारकाे रमगढवामा गाैरका एक युवकलाई गाेली हानी हत्या 

banner-news, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, रौतहट । रौतहटको सदरमुकाम गौरका एक जना युवकमाथि भारत बिहारको रामगढवा बजारमा गोली प्रहार गरी हत्या गरिएको छ। वीरगन्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटर मोतीहारी जाने मुलसडकमा पर्ने रमगढ्वामा मंगलवार गौर नगरपालिका–९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो। रमगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापढी गर्ने मुन्सीको रुपमा जागिरे युवक सिंहमाथि पैसा लुट्ने उद्देश्यले गोली हत्या गरिएको अनुमान गरिएको छ। भारतीय सहर मुजफ्फररपुरबाट मिलको बक्यौता रकम सङ्कलन गरी फर्किरहेको अवस्थामा मिलको गेटमै उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। नजिकैबाट चलाइएको गोली सिंहको छातीमा लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अर्जुन सिंहले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए । गोली लागेर सिंह ढलेपछ...
प्रचण्ड,माधव, उपेन्द्र र विप्लवकाे चार दल मिलेर अब समाजवादी दल बन्छ : माधव नेपाल

प्रचण्ड,माधव, उपेन्द्र र विप्लवकाे चार दल मिलेर अब समाजवादी दल बन्छ : माधव नेपाल

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
भक्तपुर । आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताउनुभएको छ ।भक्तपुरमा जेठ २७ गते एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उहाँले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । “बालुवाटारमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा विप्लव समूहका नेता विप्लव, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ, हाम्रो पार्टीबाट म आफैँ र प्रवेश हमाल बसेर समाजवादका पक्षमा चारवटा पार्टी एक ठाउँमा बसेर मोर्चा बनाऔं, सडक, संसद् मा आवाज बुलन्द गराैं र सरकारमा बसेर राम्रो काम गरौँ भन्नेबारेमा छलफल भयो । यसबारेमा केही समयमै हामी सहमतिमा पुग्ने गरी छलफल गर्छौं ।”अध्यक्ष नेपालले भन्नुभयो, “कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आ...