Monday, June 24
Shadow

Tag: Nepali Congress

नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने

नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । आज (सोमबार) सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो । राष्ट्रपतिका लागि कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुन बाँकी रहेको कांग्रेस नेता शेखर कोइरालाले बताए । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विस्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखका लागि उम्मेदवारी दिएको थियो । बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते समाप्त हुँदैछ । एक महिनाअघि गरिसक्नुपर्ने व्यवस्थाअनुसार निर्वाचन आयोगले माघको अन्तिमसम्ममा चुनाव गर्ने तयारी गरेको छ ।...
सिट बाँडफाँड बारे चर्चा गर्न कांग्रेसकाे बैठक बस्दै

सिट बाँडफाँड बारे चर्चा गर्न कांग्रेसकाे बैठक बस्दै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,१५ भदाै, राैतहट । मंसिर ४ को निर्वाचनका लागि सिट संख्यालाई लिएर आज नेपाली कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दैछ। आज बेलुका गठबन्धनको बैठक तोकिएसँगै त्योभन्दा पहिले नै कांग्रेस नेताहरूको बैठक बस्न लागेको हो।अहिले बिहान ९ बजे बालुवाटारमा बैठक बस्‍न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ। आज सिट बाँडफाँट मिलाउने गठबन्धनको तयारी छ। सिट बाँडफाँटका लागि कार्यदल समितिको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समिति बनेको छ। तर दलहरूले आ-आफ्नो दावी नछाडेपछि बाँडफाँटमा समस्या भएको छ।हालसम्म कांग्रेस १०० सिट, माओवादी केन्द्र ६०, एकीकृत-समाजवादी पार्टी ३० सिट पाउनु पर्ने दावी गर्दै आएका छन्। ...
नेपाली कांग्रेसका दुई शीर्ष नेता भारत भ्रमणमा

नेपाली कांग्रेसका दुई शीर्ष नेता भारत भ्रमणमा

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, २० श्रावन, रौतहट । नेपाली कांग्रेसका दुई शीर्ष नेता पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य सुजाता कोइराला अहिले भारत भ्रमणमा छन् । दुवै छुटाछुटै गएका हुन् । उनीहरू बेग्लाबेग्लै कार्यक्रममा सहभागी छन् । निधि र कोइरालाले भारतमा राजनीतिक भेटघाटसँगै अरू विभिन्न क्षेत्रका व्यक्तिहरूसँग पनि कुराकानी गरेका छन् । कोइरालाले बिहीबार भारतीय जनता पार्टीका नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेकी छन्। भेटवार्ताका तस्बिर सार्वजनिक गरे पनि सुजाताले भेटबारे अन्य कुरा खुलाएकी छैनन् । सुजाता फिल्मसम्बन्धी कार्यक्रममा भाग लिन भारत गएकी थिइन्। सो क्रममा उनले राजनीतिक भेटघाट पनि गरेकी हुन । निधि भने केही समयदेखि नै भारतमा छन्। निधिले सत्तारूढ दल भाजपाका विदेश विभाग प्रमुख बिजय चौथाइवालेसँग पनि भेटवार्ता गरिसकेका छन् । नयाँदिल्लीक...