Sunday, June 23
Shadow

Tag: nepalgunj

२२ वर्षीय युवतीलाई १९ जनाले पालैपालो बलात्कार गरे

२२ वर्षीय युवतीलाई १९ जनाले पालैपालो बलात्कार गरे

ताजा-अपडेट, मुख्य समाचार
नेपालगन्ज - नेपालगञ्जमा जो कोहीका आँशु बग्ने अत्यन्तै क्रुर अपराध भएको छ । नेपालगञ्जको जानकी गाउँपालिका वडा नं. ३ मा बस्ने पुष्पा मगर (नाम परिवर्तन) लाई १९ जनाको समूहले अपहरण गरेर पालैपालो बला’त्कार गरेको घटना बाहिर आएको छ ।पुष्पा र उनका श्रीमानको सामान्य झगडा पश्चात सो घटना हुन पुगेको हो । जब श्रीमानले खाना बनाउन लगाएको तर पुष्पाले खाना नबनाएर आमासँग फोनमा बोल्दा सिम भाँचेर फ्यालिदिए पश्चात सामान्य झगडा भएको थियो ।त्यसपछि रुकुम माइत जान्छु भनेर हिडिकी पुष्पालाईबिच बाटोमा १९ जनाको समूहले अपहरण गरेर अडर झाडिमा लगेर करणी गरेका थिए । पुष्पाको मुख थुनेर, हात खुट्टा समाएर अडर झाडिमा लामो समयसम्म लगातार पालै पाले बलात्कार गरिएको पीडितले बताएकी छिन् ।मादक पदार्थ सेवन गरेका ती १९ जनाको समूहले सामूहिक करणीको समय पुष्पालाई याताना दिने, पिटने जस्ता अनैतिक कामहरु पनि गरेका थिए । भर्खर विवाह गरेको ११ ...
भेरी अस्पतालमा डेङ्गुबाट २ जना बिरामीकाे मृत्यु

भेरी अस्पतालमा डेङ्गुबाट २ जना बिरामीकाे मृत्यु

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२३ भाद्र, भेरी । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गुका बिरामीको मृत्यु भएको छ ।बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिनुभयो ।उहाँका अनुसार, ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए । ८६ वर्षीय वृद्धमा दमको कारण स्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । दुवै जनाको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । भेरी अस्पतालमा अहिले डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउनेक्रम बढिरहेका छन् ।पहिलो पटक डेङ्गुको सङ्क्रमण सामान्य भए पनि दोस्रो पटक कडा हुने भएकाले सङ्क्रमण फैलिनसक्ने डा चापागाईंले बताउनुभयो ...