Sunday, July 21
Shadow

Tag: nepal tak sach

श्रीमतीकाे हत्या गरेर फरार भएका व्यक्ति १८ वर्षपछि सिआईबीकाे फन्दामा

श्रीमतीकाे हत्या गरेर फरार भएका व्यक्ति १८ वर्षपछि सिआईबीकाे फन्दामा

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - श्रीमतीको हत्यापछि फरार भएका आरोपीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १८ वर्षपछि पक्राउ गरेको छ ।रुपन्देहीको सैनामैना नगरपालिका–स्थित बुद्धनगर घर भएका खुमे दर्जी उर्फ गोपाललाई काठमाडौँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) सञ्जय सिंह थापाले जानकारी दिए ।२०६१ मङ्सिरमा दर्जीले चिर्पट प्रहार गरेर ४० बर्सिया राधिका दर्जीको हत्या गरेका थिए । मादक पदार्थ सेवन गरेको विषयमा विवाद हुँदा हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि भारतमा गएका खुमे त्यहाँ ३० वर्ष बसेका थिए । त्यसपछि काठमाडौँमा आएर जमुना दर्जीसँग चौथो विवाह गरेको बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।काठमाडौँको क्षेत्रपाटीमा बस्ने खुमे दर्जीले आफ्नो वास्तविक परिचय लुकाएर दीपक रानाको नामले चिनाउने गरेका थिए । आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय बुटव...
फायर ब्रिगेड बिहिन राैतहट जिल्ला

फायर ब्रिगेड बिहिन राैतहट जिल्ला

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - १८ वटा पालिका भएकाे राैतहट जिल्ला वारुणयन्त्र बिहिन बनेकाे छ । राैतहटकाे गाैर नगरपालिकामा रहेकाे वारुणयन्त्र (फायर बिग्रेड) पनि मंगलवार राती दुर्घटनाग्रस्त भएको छ । गौर नपाको ना.१ ग. ७८८ नम्वरको बारुण यन्त्र गढवामा दुर्घटना हुँदा चालक करिम सहित पाँच जना घाईते भएका थिए। दुर्घटनाग्रस्त वारुणयन्त्र घाइतेहरुकाे उचित उपचारपछि सबैकाे स्वास्थ्य अवस्था सामान्य छन् । एउटै बाटाेकाे लागि कराेडाै खर्चिने पालिकाहरु एउटा वारुणयन्त्र खरिद गर्न नसकेकाे निकै दुखद हाे । १८ वटा पालिकामा चपुर मा एउटा वारुणयन्त्र भएपनि अन्य पालिका वारुणयन्त्र बिहिन बनेकाे छ ‌। केही पालिकाले वारुणयन्त्र खरिद गर्ने प्रतिबद्धता गरेपनि हालसम्म कुनै प्रक्रिया अघि सर्न सकेकाे छैन । जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या राय यादवका अनुसार सबै पालिका आफ्नै बजेट र समस्यामा भएपनि ठुलाे चुनौती भनेकाे वारुणयन्त्र हाे ‌...
लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री चाैधरीकाे आज सपथ समारोह

लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री चाैधरीकाे आज सपथ समारोह

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
लुम्बिनी - लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कांग्रेसका डिल्लिबहादुर चौधरीले आज सपथ ग्रहण गर्दै छन्। बिहिबार नियुक्त मुख्यमन्त्री चौधरीले आज सपथ लिन लागेका हुन्।  प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई सम्बिधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेको थिए। चौधरी प्रदेश सभाको बहुमत ५३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री लिला गिरिले गत सोमबार प्रदेश सभामा विश्वासको मत नपाएपछी प्रदेश प्रमुख शेरचनले मंगलबार नयाँ सरकार गठनका लागि आव्हान गरेका थिए। ...
हरिवनमा छाडा कुकुरको आतङ्क

हरिवनमा छाडा कुकुरको आतङ्क

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १४ जेठ, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ । बिहीबार र शुक्रबार दुई दिनमा १६ जनालाई कुकुरले टोकिसकेको स्थानीयले बताएका छन् । यसैगरी, मानिसलाई टोक्दै हिँड्ने कुकुर बहुलाएको हुनसक्ने आशङ्का गरिएको छ । कुकुरले टोकेर वडा वडा नं. ८ मा १० जना र वडा नं. ११ मा ६ जना बिरामी परेका स्वास्थ्य चौकी सासापुरका इन्चार्ज श्यामविनोद कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार अढाई वर्षीय बच्चादेखि ५४ वर्षीय पुरुषसम्मलाई कुकुरले टोकेको छ । कुकुरले टोकेर बिरामी परेका १६ जनामध्ये घाँटीभन्दा माथिको भागमा टोकेर बिरामी भएका दुई बालकलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । कुकुरले घाँटीभन्दा माथिको भागमा टोक्यो भने बढी खतरा हुने नमूना अस्पताल हरिवनका डाक्टर सन्तोष यादवले बताउनुभयो । काठमाडौं रेफर गरिएका दुई बालकबाहेक अन्य १४ जना बिर...