Saturday, September 14
Shadow

Tag: nepal police

केन्द्रीय प्रहरी कार्यालयकाे प्रवक्तामा एसएसपी कार्की

केन्द्रीय प्रहरी कार्यालयकाे प्रवक्तामा एसएसपी कार्की

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ताको अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)दानबहादुर कार्कीलाई दिएको छ।नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरक्षिकको सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई निमित्त केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको हो।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका डीआईजी कुवेर कडायतको लुम्बिनी प्रदेशमा सरुवा भएसँगै प्रवक्ताको जिम्मेवारी कार्कीले पाएका हुन् । ...
चपुरमा चाेरीकाे माेटरसाइकलसहित ३ जना प्रहरी नियन्त्रणमा

चपुरमा चाेरीकाे माेटरसाइकलसहित ३ जना प्रहरी नियन्त्रणमा

banner-news, ताजा-अपडेट, मुख्य समाचार
रौतहट । रौतहटको चन्द्रनिगाहपुर स्थित इलाका प्रहरी कार्यालयले चोरीको तीनथान मोटरसाइकलसहित ३ जना चोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ।पक्राउ पर्नेमा सर्लाही घर भएका वर्ष १९ को श्याम महतो, सर्लाहीकै वर्ष १९ को नजरे नदाफ र सप्तरी घर भएका वर्ष २० को सिद्धार्थ महतो रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका डिएसपि एकनाराण कोइरालाले बताएका छन्। मोटरसाइकलसहित पक्राउ परेका तीनै जना मानिसहरूलाई रौतहट जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गराइ अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।पछिल्लो केहीदिन भित्रै रौतहटको विभिन्न ठाउँ बाट चोरिभएको तीन मोटरसाइकल बरामद गरी प्रहरीले चोरीमा संलग्न तीन जना आरोपी चोरलाई शुक्रवार साँझ सार्वजनिक गरेको हो।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले खोजतलास गरी बरामद गरेको मधेस प्रदेश ०२-००५ प ९४२५ नम्वरको यमहा कम्पनीको मोटरसाइकल...
एसईई दिएका नक्कली परीक्षार्थीहरु धराैटीमा रिहा

एसईई दिएका नक्कली परीक्षार्थीहरु धराैटीमा रिहा

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
विराटनगर । अर्काको नाममा एसईई परीक्षा दिएको आरोपमा पक्राउ परेका सबै परीक्षार्थी छुटेका छन् ।जिल्ला अदालत मोरङले १८ वर्ष उमेर पुगेका परीक्षार्थीलाई धरौटी र नाबालक परीक्षार्थीलाई अभिभावकको जिम्मा लगाउने आदेश दिएको हो ।जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इलजासले थुनछेक बहसपछि १८ वर्ष उमेर पुगेका १६० जना परीक्षार्थीलाई जनही ४० हजार रूपैयाँ धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको हो ।आदेशपछि १६० जना परीक्षार्थी धरौटी बुझाएर छुटेका छन् । ३४ जना नाबालक परीक्षार्थीलाई भने अभिभावकको जिम्मा लगाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।नक्कली परीक्षार्थी परिचालन गर्ने इन्स्टिच्युटका सञ्चालक धरानका सन्तोष राईलाई भने अदालतले दुई वटा मुद्दामा एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।अर्काको नाममा परीक्षा दिएको आरोपमा मोरङका तीन वटा परीक्षा केन्द्रबाट गत चैत २२ र २३ ग...
अस्ट्रेलिया पठाउने भनी ३० लाख ठगी गर्ने एक महिला पक्राउ

अस्ट्रेलिया पठाउने भनी ३० लाख ठगी गर्ने एक महिला पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। अस्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१३ घर भई हाल काठमाडौं महानगरपालिका-१ लाजिमपाट बस्‍ने २५ वर्षीया सयना रहेका छन् ।उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लाजिमपाटबाट पक्राउ गरेको हो ।पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।उनले पीडितहरुबाट पटक पटक गरी ३० लाख रुपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएको प्रहरीको आरोप छ । ...
१३ जना एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस

१३ जना एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस

ताजा-अपडेट, मुख्य समाचार
काठ्माण्डाैं - नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।गृह मन्त्रालयले समितिको सिफारिसअनुसार बढुवा सिफारिस सूची प्रकाशित गरेको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।बढुवाका लागि सिफारिस भएका एसएसपीहरुमा पहिलो नम्बरमा कुवेर कडायत, केदार ढकाल, विष्णु बहादुर केसी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य रहेका छन् । यस्तै सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकास राज खनालको नाम पनि सिफारि...
चार एआईजीको पदस्थापन

चार एआईजीको पदस्थापन

ताजा-अपडेट, मुख्य समाचार
काठ्माण्डौ - सरकारले हालै बढुवा भएका प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन गरेको छ । मन्त्रिपरिषद बैठकले उनीहरुलाई पदस्थापन गर्ने निर्णय गरेको हो ।देशभरका ठूला तथा जघन्य अपराध अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा किरण बज्राचार्यको पदस्थापन गरिएको छ । उपत्यकाका तीन जिल्लाको कमान्ड कन्ट्रोल हुने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआईजी श्यामलाल ज्ञवालीको पदस्थापन गरिएको छ ।यस्तै, प्रहरी कर्मचारीको वृत्ति विकास, तालिम र कर्मचारीको उत्पादनसँग सम्बन्धित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा टेकप्रसाद राईलाई पदस्थापन गरिएको छ । प्रहरी प्रशासनसँग सम्बन्धित प्रशासन विभागमा एआईजी दीपक थापालाई पदस्थापन गरिएको छ । ...
नागरिकता विवरण शंकास्पदमा डिआइजी‌ ज्ञवाली

नागरिकता विवरण शंकास्पदमा डिआइजी‌ ज्ञवाली

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - उमेर ढाँटेर नेपाल प्रहरीमा जागिर खाएको विषय प्रमाणसहित सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले छानबिनका लागि केही प्रहरी नायब महानिरीक्षक (डीआईजी) को शैक्षिक प्रमाणपत्र र नागरिकता विवरण मागेको छ। अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै केही डीआईजीको शङ्कास्पद शैक्षिक प्रमाण पत्र र नागरिकता विवरणको जानकारी माग गरेको हो ।नागरिकतामा उमेर सच्याएको तथ्य सार्वजनिक भएसँगै डीआईजी अशोक सिंहले राजीनामा दिएपछि अन्य केही डीआईजीका समेत नागरिकता सच्चाइएको विवरण सार्वजनिक भएका थिए। नेपाल प्रहरीका डीआईजी श्यामलाल ज्ञवालीको नागरिकतामा उमेर सच्याएको विवरणसहितको उजुरी शनिबार मात्रै अख्तियारमा परेको छ। अख्तियारले सोमबार प्रहरी मुख्यालयसँग ज्ञवालीको नागरिकताको विवरण पठाउन पत्राचार गर्ने भएको स्रोतले जनायो। प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ज्ञवालीले दाजु ठाकुर ज्ञवाली प्रहरी म...
रौतहटमा लागुऔषधको बिगबिगी, ९१ किलो गाँजा बरामद

रौतहटमा लागुऔषधको बिगबिगी, ९१ किलो गाँजा बरामद

banner-news, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, रौतहट । गाँजा नेपालमा प्रतिबन्धित लागुऔषध हो । सिमावर्ती जिल्ला रौतहटमा लागुऔषध गाँजाको तस्करी बढ्दै गएको छ । आइतबार प्रहरीले गोप्य सुचनाको आधारमा ९१ किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले रौतहटको राजपुर नगरपालिका–१ पिपरा भगवानपुर स्थित पिपरा टोलबाट १३ पोकाेमा राखिएको ९१ किलो गाँजा एउटा बोलेरोबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक उमाशंकर प्रसाद यादवले प्रेश विज्ञप्ति मार्फत जानकारी गराउनु भयो । सुचनाको आधारमा प्रहरीले आज करिब ११ बजेको समयमा जेएच १० एक्स ४२१२ नम्बरको सेतो बोलेरोलाई खानतलासी गर्दा गाँजा फेला पारेको छ । त्यस्तै सोही स्थानबाट अन्दाजी १० मिटर दक्षिण तर्फ बेवारिसे अवस्थामा रहेको बिआर ३० यू ०४७४ नम्बरको मोटरसाइकल समेत प्रहरीले फेला पारेको छ । फेला परेको लागुऔषध, गाँजा लोड रहेको बलोरो र मोटरसाइकललाई जिल्ला प्रहरी क...
गाउँमा गाँजाकाे बेचबिखन गर्ने एक‌ वृद्ध महिला पक्राउ

गाउँमा गाँजाकाे बेचबिखन गर्ने एक‌ वृद्ध महिला पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट‌ - प्रहरीले बिहीबार २.५ किलाे लागुऔषध (गाँजा) सहित एक जना वृद्ध महिलालाई पक्राउ गरेको छ। गाउँकाे एउटा घरमा लागु औषध गाँजा लुकाई छिपाई राखेको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरीले बिहीबार करिब ३ बजेको समयमा जिल्ला रौतहट माधवनरायण नगरपालिका- ५ मिठुअवा एक जनाकाे घर तलासी गरेकाे थियाे । तलासी गर्दै जाँदा साे गाउँकै स्व- प्रेम साहको श्रीमती अंदाजी बर्ष ५२ की सितापती देवी साहले आफ्नो घरमा लुकाइछिपाई राखेको २.५‌ किलाे प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका सुचना अधिकारी (डिएसपी‌) उमाशंकर प्रसाद यादवले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिनुभयो। गाँजा बेचबिखन भइरहेको सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घरमा लागु औषध (गाँजा) फेला पारी निज सितापती भन्ने लोलावती देवी समेतलाई नियन्त्रणमा लिएको प्रह...
९ लाख ९७ हजार बराबरको अवैध लत्ताकपडा चन्द्रपुरमा प्रहरीद्वारा बरामद

९ लाख ९७ हजार बराबरको अवैध लत्ताकपडा चन्द्रपुरमा प्रहरीद्वारा बरामद

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रहरीले बिहीबार राैतहटकाे चन्द्रपुरबाट भन्सार छली‌ गरी भित्र्याइएको अवैध लत्ताकपडा वेवारिसे अवस्थामा बरामद गरिएको छ ‌। जिल्लाकाे चन्द्रपुर नगरपालिका -६, तल्लाेबजार स्थित भीत्रि सडक खण्डमा भारतबाट भन्सार छली नेपाल तर्फ भित्र्याई ल्याएको अन्दाजी मुल्य ९ लाख ९७ हजार ८५० बराबरकाे लेडिज उलन कुर्ता, जेन्स कुर्ता सुरुवाल र लेहेङगाहरु वेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय राैतहटका नवनियुक्त सुचना अधिकारी (डिएसपी)‌ उमाशंकर प्रसाद यादवले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर, रौतहटबाट संयुक्त रुपमा खटीएको प्रहरी गस्ती टोलीले साे अवैध लत्ताकपडा बरामद गरेको उल्लेख छ। बरामद भएको अवैध लत्ताकपडालाई आवश्यक कारवाहीका लागि आज (शुक्रबार) राजश्व कार्यालय पथलैया बारामा बुझाईएको व्यहोरा जिल्ला प्रहरी कार्यालय राैतहटले जन...