Monday, June 24
Shadow

Tag: nepal government

पाँच जना मन्त्रीकाे भरमा सरकार चलाउदै प्रधानमन्त्री प्रचण्ड

पाँच जना मन्त्रीकाे भरमा सरकार चलाउदै प्रधानमन्त्री प्रचण्ड

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - सत्ता पक्षीय दलहरूबीच असन्तुष्टि बढ्ने जोखिमका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच जना मन्त्रीको भरमा सरकार चलाइरहेका छन्।पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले झन्डै दुई महिनामा तीन वटा सहयात्री दलले छाडेपछि १६ वटा मन्त्रालयको जिम्मेवारी आफैले लिएर बसेका छन्।प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुनेछ।उपराष्ट्रपतिको चुनाव सकिएपछि विश्वासको मत लिन तयार रहेको उनले जनकारी दिए।प्रतिनिधिसभाको बैठक चैत ५ गते राखिएको छ। त्यस बैठकसँगै विश्वासको मत लिने मितिबारे टुङ्गो लगाउने उनको भनाइ छ।अहिले नै मन्त्रिपरिषद् विस्तार गर्दा विवाद बढ्ने आशङ्काका कारण प्रधानमन्त्रीले महत्त्वपूर्ण मन्त्रालय पनि आफैले लिएर बसेको बताइन्छ। मन्त्रालय विभाजन विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री एक ...
१० वटा ठेकेदार कम्पनी डेढ वर्षसम्मका लागि कालोसूचीमा (नामावलीसहित)

१० वटा ठेकेदार कम्पनी डेढ वर्षसम्मका लागि कालोसूचीमा (नामावलीसहित)

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। सरकारले १० वटा निर्माण कम्पनीलाई डेढ वर्षसम्म कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सोमबार सूचना प्रकाशन गर्दै कालोसूचीमा पर्ने १० वटा कम्पनी र ठेकेदारको नाम सार्वजनिक गरेको छ । कालोसूचीमा पर्नेहरूमा देवेन्द्र तेल उद्योग, वीरगन्ज उपमहानगरपालिका वडा नं १०, पर्सा सञ्चालक देवेन्द्र प्रसाद चौरसियालाई एक वर्ष, धर्यता निर्माण कम्पनी प्रा.लि.रामारोसन ३, अछाम सञ्चालक सुनिल बहादुर रावललाई एक वर्ष, किसन रक्तकाली पावर क्वालिटी जेभि काठमाडौँ सञ्चालक पशुपति उप्रेतीलाई एक वर्ष कालोसूचीमा राखेको छ । त्यसै गरी श्री माँ हर्कादेवी विल्डर्स प्रा.लि. का.म.न.पा. १०, नयाँबानेश्वर सञ्चालक प्रकाश धामीलाई एक वर्ष, प्यासिफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रा.लि. वीरगन्ज ३ पर्सा सञ्चालक प्रशान्त प्रसाद केसरीलाई एक वर्ष तीन महिना, श्री पृथ्वी कन्स्ट्रक्सन, वर्दगोरिया गा.पा. ...