मंसिर ४ काे निर्वाचनका लागि ७१ हजार ६ सय ९३ वटा प्रहरी परिचालन हुने
सचतक नेपाल डेस्क,१५ भदाै, राैतहट । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ ।गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा करिब १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८१ दिन बाँकी छ ।प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनः अर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा पनि सुरक्षा जनशक्ति बढी आवश्यक पर्ने जानकारी दिए ।निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचनभन्दा म्यादी प्रहरी पनि थप २० हजार बढी प्रस्ताव गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जा...