
कपिलवस्तुमा एक जनाकाे हत्या
१० भदाै, कपिलबस्तु । अज्ञात समूहद्वारा गोली हानी एक जनाकाे हत्या गरेकाे छ।जिल्लाको मायादेवी गाँउपालिका ६ मदरहवा बस्ने ५५ वर्षीय राम समुझ भन्ने घुरहु पासीलाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।पासीलाई मायादेवी गाँउपालिका ५ को महादेवको एक खाली घरमा गोली हानी हत्या गरिएको प्रहरीले जानकारी दिएकाे छ।यससम्बन्धी थप अनुसन्धन भइरहेकाे प्रहरीकाे भनाइ छ।
...