निर्वाचनका लागि भदाै ३० देखि असोज ६ सम्म म्यादीकाे आवेदन सकिने
सचतक नेपाल न्यूज डेस्क,२२ भाद्र, राैतहट । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ ।प्रहरी प्रधान कार्यालयले मापदण्ड तयार गरेर स्वीकृतीका लागि गृह मन्त्रालयमा पठाएको थियो ।सोमबार मन्त्रालयले कार्यविधि स्वीकृत गरेको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताए । स्वीकृत कार्यविधि अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा पत्रिकामा सूचना प्रकाशन गर्नेछ । भदौ ३० देखि असोज ६ सम्म आवेदन दिन सकिने गरि कार्यविधि स्वीकृत भएको डीआईजी राईले जानकारी दिए ।कार्यविधि अनुसार असोज ९ देखि १४ सम्म छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ । म्यादी प्रहरीको नतिजा चाहिँ असोज २५ मा प्रकाशन गरिने छ ।गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई पहिलो प्राथमिकता दिनेगरी कार्यबिधि पारित गरिएको छ । गत निर्वाचनमा खटिँदा र...