शि लिड्स महिला नेतृत्व कार्यक्रम गौरमा सम्पन्न
प्रेम यादव
गौर । शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत लैंगिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिका सम्बन्धमा नगरपालिकाका प्रमूख, उपप्रमूख,वडाअध्यक्ष तथा सदस्यहरु लगायत संचारकर्मीहरु बिच कार्यक्रम आइतबार सम्पन्न भएको छ । माण्डवी रौतहटको आयोजनामा आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा उक्त कार्यक्रम आइतवार सम्पन्न भएको हो।
कार्यक्रममा स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित भएका वडाअध्यक्ष र सदस्यहरुले महिला जनप्रतिनिधिलाई कार्यक्षेत्रमा सघाउन के–कस्तो भुमिकाहरु खेल्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।साथै उनीहरूले निभाउनु पर्ने भूमिका, अधिकार र कर्तव्यका बारेमा अन्तरक्रिया गरिएको थियो।
उक्त कार्यक्रममा गौर नगरपालिकाका पुर्व उपप्रमुख किरण ठाकुरले पुरुष जनप्रतिनिधिले महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारमा प्...