Sunday, June 23
Shadow

Tag: madhesh

आमसञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ

आमसञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ

banner-news, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
जनकपुर - गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत आम सञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ भएको छ । आम सञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामकाे वार्षिक कार्यक्रममा स्वीकृत भएको अनुसार पहिलो चरणको तालिम सुरु हुन लागेको हो । श्रव्य-दृश्य, छायाङ्कन एवम् सम्पादन सम्बन्धी पाँच दिवसीय तालिम बैशाख २५ देखि २९ सम्म चल्ने छ । प्रदेश सभा सदस्य एवम् नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष रामअशिष राय यादवले प्रमुख अतिथिका रुपमा बाेट राेप्न गर्दर तालिमकाे शुभारम्भ गर्नुभयो । कुल २८ जनालाई तालिमका लागि छनौट भएको आम सञ्चार प्राधिकरणले सार्वजनिक गरेको छ। आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारिता बारे प्रकाश थप्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाकाे सभाकक्षमा उद्घाटन सत्रलाई समापन गर्नुभयो। तालिममा छनाैट नामावली ...
डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका १३ जनाको पदस्थापन गरेको छ ।पदस्थापन अनुसार डीआईजी चन्द्रकुवेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको प्रहरी महाशाखा प्रमुख, मधेश प्रदेश प्रहरी प्रमुखमा जनक भट्टराई, कोशी प्रदेश प्रहरी प्रमुखमा राजेशनाथ बास्तोला र सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखमा भरतबहादुर बोहराको पदस्थापन भएको छ ।यस्तै डीआईजीहरु बिष्णु कुमार के.सी.को नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय, रबिन्द्र केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान् महाराजगंज, लालमणि आचार्यको काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं, सुरेन्द्र् प्रसाद मैनालीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल, काठमाडौ, अर्जुन चन्द ठकुरीको स...
मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

banner-news, ताजा-अपडेट, मुख्य समाचार
धनुषा - मधेस प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ ।प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो ।मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । ...
मधेश प्रदेशका ३ मन्त्री पदमुक्त

मधेश प्रदेशका ३ मन्त्री पदमुक्त

banner-news, ताजा-अपडेट, मुख्य समाचार
जनकपुर– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई मन्त्रिमण्डलबाट हटाएका छन् । कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरिएको हो । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेका थिए । तर राजीनामा नदिएपछि बर्खास्त गरेका एक मन्त्रीले जानकारी दिए । उनीहरु २६ जेठ २०७८ मा नियुक्त भएका थिए । बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनर्विचार गरी कांग्रेसका मात्र मन्त्री हटाएको हो ।...
मधेश सहित ४ वटा प्रदेशमा मनसुन

मधेश सहित ४ वटा प्रदेशमा मनसुन

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २८ जेठ, रौतहट । यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका बाँकी भू–भागमा केही दिनपछि मनसुन प्रणाली प्रवेश हुने विभागले जनाएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडिनै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि ...