Saturday, October 5
Shadow

Tag: madhesh pradesh

डिआईजी भट्टराईकाे सर्लाही अनुगमन ( फाेटाे फिचर )

डिआईजी भट्टराईकाे सर्लाही अनुगमन ( फाेटाे फिचर )

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सर्लाही - मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले सर्लाही अनुगमन गर्नु भएको छ ‌। बिहिबार डिआइजी भट्टराई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सिमाना र मातहत ईकाईका प्रमुखहरुको उपस्थितिमा जिल्लाकाे परिस्थितिबारे जानकारी लिनुभयाे । अहिले बदलिदो परिवेश अनुसार नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्ने, सिमा क्षेत्रमा हुने चोरी, तस्करी विरुद्ध कडाईका साथ प्रस्तुत भई काम गर्ने विषय लगायत सामसामयिक विषयहरुमा उच्च मनोवलका साथ त्रृटी रहित ढंगबाट कार्य सम्पादन गर्ने भनी निर्देशन सम्बोधन गर्नुभयो ‌ । मधेश प्रदेशमा धनुषा,सिरहा, सप्तरी,महाेत्तरी,बारा, पर्सा, सर्लाही र धनुषा गरी ८ वटा जिल्लाहरू छन् ‌ । प्रदेशका ८ वटा जिल्लाहरु डिआइजी जनक भट्टराईकाे भुमिका अहम रहेने अपेक्षा गरिएको छ। ...
डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका १३ जनाको पदस्थापन गरेको छ ।पदस्थापन अनुसार डीआईजी चन्द्रकुवेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको प्रहरी महाशाखा प्रमुख, मधेश प्रदेश प्रहरी प्रमुखमा जनक भट्टराई, कोशी प्रदेश प्रहरी प्रमुखमा राजेशनाथ बास्तोला र सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखमा भरतबहादुर बोहराको पदस्थापन भएको छ ।यस्तै डीआईजीहरु बिष्णु कुमार के.सी.को नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय, रबिन्द्र केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान् महाराजगंज, लालमणि आचार्यको काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं, सुरेन्द्र् प्रसाद मैनालीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल, काठमाडौ, अर्जुन चन्द ठकुरीको स...
मधेश प्रदेशमा प्रदेशसभाकाे पहिलो अधिवेशन आज

मधेश प्रदेशमा प्रदेशसभाकाे पहिलो अधिवेशन आज

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
जनकपुर - मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा चार वटा विषय रहेका प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिए । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन हुने सचिव यादवले बताए । बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा प्रदेशसभामा रहेका दलका प्रतिनिधिले वक्तव्य दिने र नियमावलीको नियम ७ बमोजिम सभामुखको निर्वाचनको मिति तोक्नेसम्बन्धी प्रस्...
मधेश प्रदेशका १०४ सांसदले शपथ लिए

मधेश प्रदेशका १०४ सांसदले शपथ लिए

banner-news, ताजा-अपडेट, मुख्य समाचार
जनकपुरधाम - मधेस प्रदेशका सांसदहरूले पद तथा गोपनियताको शपथ लिएका छन्।मधेसमा १०७ जना सांसद छन्। तीमध्ये आज १०४ जनाले शपथ लिएका हुन्। शपथमा एक संसद अनुपस्थिति थिए भने दुई संसदको शपथ सर्वोच्च अदालतले रोकिदिएको थियो। माओवादीका रज्जी हैदर र माला कर्णको शपथ रोकिएको प्रदेश सभाका निमित्त सचिव रंजित यादवले जानकारी दिए ।शुक्रबार ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका सांसद गोविन्द न्यौपानेले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाएका हुन्। उनी ७१ वर्षका भए।मधेसमा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादी केन्द्रका ९, नेकपा (एकीकृत समाजवादी) का ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र नागरिक उन्मुक्ति पार्टीका १ तथा स्वतन्त्र ५ जना सांसद छन्। प्रदेश सभा सचिवालयका अनुसार ३८ जना सांसदले मातृ भाषामा शपथ ...
मधेश सहित ४ वटा प्रदेशमा मनसुन

मधेश सहित ४ वटा प्रदेशमा मनसुन

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २८ जेठ, रौतहट । यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका बाँकी भू–भागमा केही दिनपछि मनसुन प्रणाली प्रवेश हुने विभागले जनाएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडिनै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि ...