Tuesday, June 18
Shadow

Tag: kanchanpur

सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गरेको आरोपमा ५ जना पक्राउ

सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गरेको आरोपमा ५ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
कञ्चनपुर । कञ्चनपुरमा ड्युटीमा रेहका सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।दोधारा चादँनी नगरपालिका-७, कञ्चभोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्रसिंह चैंसिरमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।पोष्ट नजिकै शुक्रबार राति साढे १० बजे उनीहरूले सशस्त्र सई चैंसिरलाई खुकुरी प्रहार गरेका थिए।जोगबूढा झोलुंगे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेका युवाहरूलाई सम्झाउँदा उल्टै खुकुरी प्रहार गरेर उनीहरू फरार भएका थिए।शनिबार पक्राउ गरिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए।खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ। ...
लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा

लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा

Uncategorized
कञ्चनपुर- महेन्द्रनगर-शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ ।यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने उक्त शिविरका ३० भन्दा बढी घर डुबानमा परेकाले त्यहाँ रहेका महिला, बालबालिकासहित ५० लाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ ।“पैतीस जतिलाई पारि जङ्गलको उच्च भागमा सारेका छौँ भने १५ जनालाई वारितर्फको सुरक्षित भागमा ल्याएका छौँ ।” डुबानस्थलबाट सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरले भन्नुभयो, “वनहराको बाढी बस्ती छेउको खोल्सोमा आउँदा पूरै बस्ती डुबानमा छ ।”स्थानीयवासीले जानकारी दिएपछि उद्धारका लागि झलारीस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली एकाबिहानैदेख...