Tuesday, January 21
Shadow

Tag: journalist birthday

पत्रकार पटेलकाे जन्मदिन अनाथ आश्रममै बित्यो

पत्रकार पटेलकाे जन्मदिन अनाथ आश्रममै बित्यो

ताजा-अपडेट, मुख्य समाचार
१३ भदौ, राैतहट । उच्च ओहोदामा पुगेका व्यक्तिले खासगरी आफना वा आफन्तको जन्मदिन होटलमा ठुल ठुला व्यक्तिलाई आमन्त्रित गरी लाखौंको भोतभतेर गरेर मनाउने आजकाल चलन नै चलेको छ । समाजमा अलि नाम कमाएका व्यक्तिहरुले आफना जन्मदिन कर्मचारी, सुरक्षा निकायका प्रमुख, मेयर, सांसद, मन्त्री लगाएत ठुलठुला व्यक्तिहरुसँग मनाई लाखौं रुपैया फजुल खर्च गर्ने गरेका छन तर रौतहटमा धेरै कम समयमा पत्रकारिता क्षेत्रमा आफना नाम कमाउन सफल जिल्लाकै चर्चित युवा पत्रकार अभिमनु कुमार पटेलले आफना जन्मदिन फरक किसिमले आज मनाएका छन् । रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेशका कोषाध्यक्ष एवं मधेश प्रदेश अनलाइनका संचालक समेत रहेका पत्रकार पटेलले आफना जन्मदिन कुनै होटल वा ठुला व्यक्तिसँग नमनाई असाहाय र टुहुरा बालबालिकाहरुसँग गरुडा स्थित बंशीराम जयसवाल अनाथालय आश्रममा मनाएका छन् । निरन्तर गरिव एवं असाहायलाई सहयोग गर्दै समाजमा आफना छुटै...